गढवा, २२ साउन। दाङ देउखुरीको गढवा गाउँपालिकामा मंगलवार सर्पदंश सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको। गढवा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सर्पदंश सम्बन्धी बिभिन्न जानकारीहरुको बारेमा रणसिंहदल गण घोराही दाङका जमदार बाबुराम घिमिरेले सहजीकरण गर्नु भएको थियो ।
सचेतनामूलक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले श्री रणसिंहदल गण घोराही दाङको प्राविधिक सहयोग बिना दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवा सञ्चालन गर्न कठिन हुने बताउनु भयो। बाह्रै महिना चौबीसै घण्टा सर्पदंश उपचार केन्द्रको लागि तम्तयार भएर सेवा दिने रणसिंहदल गण घोराही दाङ्लाई बिशेष धन्यबाद दिनु भयो । सर्पदंश उपचार केन्द्र नेपाली सेनाको सहयोग बिना सम्भव नहुने बताउदै नेपाली सेनाले देशै भर ठाउँ ठाउँमा सर्पदंश उपचार केन्द्र स्थापना गरी सेवा दिनु उदाहरणीय कार्य भएको बताउनुभयो। गढवा सर्पदंश उपचार केन्द्रको प्रमुख आसा भनेको नेपाली सेना नै भएको बताउनुभयो। गढवा सर्पदंश उपचार केन्द्रमा हाल नेपाली सेनाको टोलीले नियमित उपचारमा प्राविधिक सहयोग गरेको बताउनु भयो।
त्यसैगरी सचेतना मूलक कार्यक्रममा बोल्दै श्री रणसिंहदल गण घोराही दाङका सेनानी गेहेनद्र बस्नेतले हाल सम्म गढवा सर्पदंश उपचार केन्द्रबाट ७ सय १८ जनाको सफल उपचार गरिसकेको जानकारी दिनुभयो। जसमध्ये ३३ जना बिच्छीले टोकेको विरामी समेत रहेको बताउनुभयो। गढवा सर्पदंश उपचार केन्द्र र मौसमलाई ख्याल गर्दै फागुनदेखि असोज महिना सम्म नागरिक लाई सुशुचित गर्न बिशेष प्रकारको प्रचार प्रसारमा लागेको बताउनुभयो।
त्यसैगरी सचेतना मूलक कार्यक्रममा सहजीकरण गर्दै श्री रणसिंहदल गण घोराही दाङका जमदार बाबुराम घिमिरेले सर्पको टोकाइ एक आकस्मिक एवम् सर्बपरिचित घटना भएको बताउदै नेपालमा तराईका जिल्लामा सर्पको टोकाइबाट मृत्युहुनेको संख्या बढी भएको बताउनुभयो। तराईमा बिशेष गरी गोमन र करेत सर्पको टोकाइबाट समस्या हुने गरेको बताउदै संसारमा हाल सम्म ३ हजार प्रजातीका सर्पहरु पाउने गरेतापनि नेपालमा भने ८२ प्रजातीका भेटिएको र जसमध्ये २१ प्रजातीका सर्प मात्र बिषालु भएको बताउनुभयो। नेपालमा बार्षिक लगभग दश हजार घटना घट्ने गरेको बताउदै जसमध्ये १० देखि २० प्रतिशत विषालु सर्पले टोकेको घटना भएको र जसमा १५ प्रतिशतको मृत्यु हुने गरेको बताउनु भयो ।
श्री रणसिंहदल गण घोराही दाङमा तैनाथ भए पश्चात २०८१ असार मसान्तसम्म लमही नगरपालिकाका ४६ जना, गढवा गाउँपालिकाका ३ सय ८३ जना, राजपुर गाउँपालिकाका १ सय ७७ जना, बबई गाउँपालिकाका २ जना, बंगलाचुली गाउँपालिकाका ५ जना, घोराही उपमहानगरपालिकाका ३ जना, प्युठानबाट ८ जना, अर्घाखाँचीबाट ३ जना, राप्ती गाउँपालिकाका ५८ जना गरी कुल ६ सय ८५ जनाको उपचार गरेको तथ्याङ्क सार्वजनिक गर्नु भएको थियो। कुलमध्ये २० जना बिष लागेको बिरामी, निको भएको ३ जना, रिफर गरिएको १२ जना र मृत्यु भएर ल्याएको ५ जना रहेको जानकारी दिनु भयो।
कार्यक्रममा सर्पका प्रजातिहरु, नेपालमा पाइने विषालु सर्पहरु, सर्पले डसेमा के गर्ने ?, सर्पले डसेमा के नगर्ने ?, सर्पको डसाईबाट जोगिने उपायहरु, सर्पको प्रभाव बढ्दो समय, सर्पले मानिसलाई किन डस्छ ?, सर्पदंश उपचार चार्टलगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलास चन्द्र चौधरी, ६ नम्बर वडासदस्य दिनमणी आचार्य, बिभिन्न महिला समूहका प्रतिनिधि, युवा, युवती, स्थानीय लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।