गढवालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्छौ : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल 

आलोक भावुक

गढवा, १६ चैत्र । गढवा गाउँपालिकालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा गाउँपालिका लाई पकेट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताउनुभयो। पालिकाका बिशेष गरी महिला दिदिबहिनीहरुको जिवनस्तर उकास्नका लागि गढवा गाउँपालिकामा परियोजना सञ्चालन गरेको बताउनु भयो।

परियोजना मार्फत् बाख्रा पालक कृषकहरुलाई मध्येनजर गर्दै परम्परागत रुपमा बाख्रा पाल्दै आएको तर साना, होचा ठुलो नहुने कम तौलको हुने भएकोले त्यसलाई सुधार गर्दै नस्लसुधार गर्ने, हाडनाता, र बोकाको जातमा पनि अधिकांश बोका स्थानीय स्तरको भएकोले पालिकाले उन्नतजातको बोका खरिद गरी नस्लसुधारका लागि बोका वितरण कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । नस्लसुधार हुने बित्तिकै खसी बोकाहरु तौल बढ्ने, सप्रिने भएकोले नस्लसुधार कार्यक्रम अन्तर्गत बोका वितरण कार्यक्रम गरिएको जानकारी दिनुभयो।

आगामी बाख्रा पालक कृषकहरुसंग भए साना जातका खसीबोका सबै हटाई नयाँ उन्नत जातको बोकाभित्याउने बताउनुभयो।

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिकाले गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा खसी बोकाको बजारीकरण कार्यक्रम एस अघि नै सुरु गरिसकेको छ।

शुक्रबार परियोजनाले २९ मुल तथा उपहार समुहहरुका कृषकहरुलाई बोका बितरण गरेको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयोगढवा गाउँपालिकालाई प्एट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताउनुभयो। पालिकाका बिशेष गरी महिला दिदिबहिनीहरुको जिवनस्तर उकास्नका लागि गढवा गाउँपालिकामा परियोजना सञ्चालन गरेको बताउनु भयो।

परियोजना मार्फत् बाख्रा पालक कृषकहरुलाई मध्येनजर गर्दै परम्परागत रुपमा बाख्रा पाल्दै आएको तर साना, होचा ठुलो नहुने कम तौलको हुने भएकोले त्यसलाई सुधार गर्दै नस्लसुधार गर्ने, हाडनाता, र बोकाको जातमा पनि अधिकांश बोका स्थानीय स्तरको भएकोले पालिकाले उन्नतजातको बोका खरिद गरी नस्लसुधारका लागि बोका वितरण कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । नस्लसुधार हुने बित्तिकै खसी बोकाहरु तौल बढ्ने, सप्रिने भएकोले नस्लसुधार कार्यक्रम अन्तर्गत बोका वितरण कार्यक्रम गरिएको जानकारी दिनुभयो।आगामी बाख्रा पालक कृषकहरुसंग भए साना जातका खसीबोका सबै हटाई नयाँ उन्नत जातको बोकाभित्याउने बताउनुभयो।

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिकाले गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा खसी बोकाको बजारीकरण कार्यक्रम एस अघि नै सुरु गरिसकेको छ।

शुक्रबार परियोजनाले २९ मुल तथा उपहार समुहहरुका कृषकहरुलाई बोका बितरण गरेको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।

ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा गढवा गाउँपालिका दाङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भिटा परियोजना सञ्चालन भैरहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID