‘लाले’ काे नजरमा ‘जानी’

कलाकार चर्चा

प्रभाष

‘जानी……हम……’ भनेपछि थप केही भनिरहनु पर्दैन। तपाईंहरु स्वयँ अनुमान लगाउन सक्नुहुन्छ कि म कुन अभिनेताकाे कुरा गर्न गइरहेकाे छु भनेर।

हजुर, मैले यहाँ कुरा गर्न गइरहेकाे अभिनेता हुन्, जानी उर्फ… राज कुमार (Raaj Kumar).

‘राज कुमार’ ! नाम नै काफी छ। राज कुमार कुनै परिचयका माेहताज़ छैनन्। दुनियाँभरिका हिन्दी सिनेप्रेमीहरु याे एक्टरकाे style र उनकाे attitude काे कायल छन्।

राज कुमार जाे आफ्नाे attitude, आफ्नाे unique acting style र unique dialogue delivery का लागि प्रख्यात थिए/छन्, उनकाे व्यक्तित्व (personality) नै विचित्रको थियाे, कुनै ‘पहेली’ जस्ताे। राज कुमार आफैमा एक ‘पहेली’ थिए।

राज कुमारकाे attitude पर्दाभित्र मात्र हाेइन, पर्दाबाहिर पनि उत्तिकै विख्यात थियाे। राज कुमारले अमिताभ बच्चनलाई उनले (अमिताभले) सुट सिलाउने ठाउँमा आफुले पर्दा सिलाउन चाहेकाे भनेकाे किस्सा हाेस् वा जीनत अमानलाई (जीनतले) पूरै कपडा लगाएकी कारण आफुले चिन्न नसकेकाे भनेकाे किस्सा हाेस्, वा गाेविन्दाकाे फेवरेट सर्ट काटेर रुमाल बनाएर बाेकेकाे किस्सा हाेस् वा रामानन्द सागरलाई आफ्नाे कुकुरले उनकाे (रामानन्द सागरकाे) कथा मन नपराएकाे कारण आफुले उनकाे फिल्म खेल्न नसक्ने बताएकाे किस्सा हाेस्, राज कुमारका attitude का यस्ता अनगिन्ती किस्साहरु बजारमा छरपष्ट छन्। राज कपूर जस्ताे हस्तीकाे त फिल्मकाे अफर रिजेक्ट गरिदिने र अफर रिजेक्ट गर्दा राज कपूर रिसाएर प्रेम चाेपडाकाे बिहे पार्टीमा उनीमाथि खनिएपछि बदलामा आफ्नाे चिर-परिचित attitude का साथ ‘म तिमीकहाँ तिम्राे फिल्ममा काम माँग्न आएको थिइन, बरु तिमी आफै म कहाँ मेराे फिल्ममा काम गरिदेऊ भन्दै आएका थियौं’ भन्ने सामर्थ्य राख्ने राज कुमारकाे अगाडि गाेविन्दाजस्ताे नाैसिखियाकाे के value थियाे हाेला र? त्यसैले त गाेविन्दाले आफ्नाे प्रिय सर्ट जसलाई उनले राज कुमारलाई उपहारस्वरुप दिएका थिए, त्यही सर्टलाई भाेलिपल्ट राज कुमारले काटेर रुमाल बनाइ हातमा बाँधेकाे देख्दा पनि गाेविन्दाले एक शब्द बाेल्न सकेनन्। उपर्युक्त घटनाहरुबाट पनि राज कुमारकाे रुतवा कस्ताे थियाे भन्ने कुरालाई बुझ्न सकिन्छ।

राज कुमारका अनगिन्ती किस्साहरु बजारमा चर्चित छन्। कति सत्य हुन्, कति झुटाे हुन्, म यसै भन्न सक्दिन। किस्सा त यहाँसम्म पढेकाे छु कि प्रकाश मेहराले कपालमा ‘सरसाें का तेल’ लगाएकाे कारण राज कुमारले प्रकाश मेहराकाे फिल्म ‘जंजीर’ काे अफर रिजेक्ट गरिदिए रे किनभने उनलाई त्याे तेलकाे गन्ध मन परेन रे। यसमा पनि कसैले ‘सरसाें का तेल’ लेखेका छन् त कसैले ‘चमेली का तेल’।

अब यति धेरै ‘अफ़्साना’ हरु बनाइएका राज कुमारकाे व्यक्तित्व (personality) वास्तवमा कस्ताे थियाे त? राज कुमार खासमा कस्ता व्यक्ति थिए त? उनकाे attitude कस्ताे थियाे त? आज म यस कुरामाथि प्रकाश पार्ने जमर्काे गर्दैछु। तर मेराे नजरबाट हाेइन, दि ग्रेट इंडियन एक्टर दिलिप कुमारकाे नजरबाट। उनकाे आत्मकथा ‘Substance and Shadow’ मा राज कुमारका बारेमा उनैले लेखेका हरफहरु उद्धृत र अनुवाद गरेर।

======================================================================

दि ग्रेट एक्टर दिलिप कुमार ‘लाले’ ले आफ्नाे समकक्षी राज कुमारका बारेमा आफ्नाे आत्मकथा ‘Substance and Shadow’ मा यस्ताे लेखेका छन्, 👇️👇️👇️

राज कुमार र दिलिप कुमार

राज कुमारकाे व्यवहारलाई लिएर कैयाैं किसिमका मूर्खतापूर्ण किस्साहरु प्रचलित थिए। तर यी सब कुराभन्दा माथि यदि साेच्ने हाे भने कैयौं अर्थमा राज कुमार हाम्राे युगका कैयाैं अभिनेताहरुभन्दा अलग मिज़ाजका थिए।

‘सौदागर’ (१९९१) काे शूटिङका दौरान उनले (राज कुमारले) यस कुरामा जोड दिए कि कला निर्देशक र क्यामेराम्यानले फिल्मकाे शूटिङका लागि निर्धारण गरेकाे लाेकेशनसम्म उनी कारमा एक्लै जानेछन् र उनकाे पछि-पछि उनकाे लताकपडा र अन्य आवश्यक सामानहरु बाेकेकाे अर्काे गाडी आउनेछ।

यसरी, राज कुमार कारमा शानका साथ एक्लै बस्थे। उनकाे साथमा अरु काेही पनि हुँदैनथ्याे। अनि उनकाे पछाडि गुडिरहेकाे गाडीमा फिल्ममा उनका लागि लगाउन बनाइएका कस्टयुमहरु, जुत्ताहरु, उनकाे विग र उनका अन्य आवश्यक सरसामानहरुले भरिएका सुटकेस र ट्रंकहरु हुन्थे जसलाई उनकाे एकजना सहायक (attaindent) ले च्यापेर बसेकाे हुन्थ्याे। त्यसबेला उनकाे त्याे सहायककाे अनुहार हेर्न लायक हुन्थ्याे।

याे देखेर हामी (म र फिल्मका बाँकी स्टाफहरु) लाई आश्चर्य लाग्थ्याे र उनकाे पछाडि हामी अनेक किसिमका कुराहरु गर्थ्याैं (कुरा काट्थ्याैं)। तर सुभाष (सुभाष घई, फिल्म ‘साैदागर’ काे निर्दैशक) ले यसलाई कति पनि अनाैठाे मानेन। बरु उसले (सुभाषले) आफ्नाे असिस्टेन्टलाई पहिल्यै ‘हरेक दिन गाडीलाई तयार गरेर राख्न र उनका (राज कुमारका) कस्ट्युमहरु र बाँकी सरसामानहरुलाई उनले (राज कुमारले) चाहे जसरी लिएर जान’ निर्दैशन दिएकाे थियाे।

एक साँझ महाबलेश्वरकाे शूटिङस्थलमा हामी आरामसँग बसिरहेका थियाैं। अचानक फिल्मकाे क्यामेराम्यान अशाेक मेहता, उसकाे सहायक र सबै स्पटब्वाय अत्तालिए किनभने राज कुमार फिल्मकाे लोकेशनमा थिएनन्। उनीहरुले राज कुमारलाई एउटा पहाडमाथि, त्याे पनि पहाडकाे डिलकाे नजिकै कुर्सी राखेर बसिरहेकाे देखेका थिए। यति नजिक कि यदि उनले आफ्नाे कुर्सीबाट एक कदम पनि अघि बढाएमा उनी सीधै तल गहिराे खाेँचमा खस्न सक्थे। एकजना केटाे (स्पटब्वाय) दगुर्दै, हस्याङफस्याङ गर्दै सुभाष घई र म भएकाे ठाउँसम्म आइपुग्याे र आएर उसले आफुले देखेकाे परिदृष्य हामीलाई बतायाे।

सुभाषले उसलाई साेध्याे, ‘उसलाई के लाग्याे कि उनी (राज कुमार) किन त्यहाँ (पहाडकाे डिलमाथि) बसेका थिए?’

केटाेले भन्याे, ‘उहाँ (राज कुमार) आफ्नाे कुर्सीमा बसेर टाढाकाे कुहिराेलाई हेरिरहनुभएकाे थियाे।’

सुभाष (घई) ले मलाई राज कुमार भएकाे ठाउँसम्म ऊ सँगै साथी गइदिन अनुराेध गर्‍याे। हामी राज कुमार भएकाे ठाउँतिर गयाैं। चुपचाप उनकाे नजिक पुग्याैं र उनीसँग कुरा गर्न थाल्याैं। जसकाे कारण उनकाे ध्यान त्याे कुहिराेदेखि हट्याे जसलाई उनी हेरिरहेका थिए। केही बेर कुराकानी गरेपछि मैले उनलाई ‘अब शूटिङस्थलमा फर्काैं’ भने। सा‌ैभाग्यवश, उनी सदैव मेराे कुराकाे शिष्टतापूर्वक जवाफ दिने गर्थे। (मलाई अरुकाे कुरा थाहा छैन) जसका कारण, मलाई उनलाई शूटिङस्थलमा फर्काएर ल्याउनमा कुनै समस्या भएन। म उनलाई सजिलै शूटिङस्थलमा फर्काएर ल्याइपुर्‍याउन सफल रहे।

फिल्म ‘साैदागर’ काे शूटिङताका राज कुमार र दिलिप कुमार

मैले राज कुमारलाई बुझेअनुसार उनी चिन्तनशील व्यक्ति थिए। उनी कहिलेकाहीँ एक्लै बस्न मनपराउँथे ताकि केही चिन्तन गर्न सकियाेस्। उनी किताबहरु पनि पढ्थे र जब उनकाे मूड हुन्थ्यो, तब उनी ती किताबहरुका बारेमा कुरा पनि गर्थे।

उनी आफ्नाे सनककाे लागि कुख्यात थिए तर मैले उनलाई सदैव सामान्य र विनम्र व्यक्तिकाे रुपमा पाए। उनी मेरा ती प्रिय मित्रहरुमध्ये थिए, जाे सायरासँग मेराे निकाहकाे दिन मेराे घरमा चाँडै आएका थिए। जब सायरा र मैले उनलाई हाम्राे विवाहकाे पच्चीसाैं बार्षिकाेत्सवमा आमन्त्रण गर्‍याैं, तब उनी आफ्नी पत्नीसँग आएका थिए तर जब उनले त्यहाँ फिल्मकर्मीहरुकाे ठूलाे भीड देखे, तब उनी हामीलाई नभेटिकनै चुपचाप फर्किए। उनलाई सायद भीड मनपर्दैनथ्याे, मानिसहरुसँग घुलमिल गर्नु सायद मनपर्दैनथ्याे उनलाई।

उनले हाम्राे लागि एउटा उपहार छोडेका थिए, चाँदीकाे एउटा सुन्दर प्लेट, जसकाे माथि लेखिएकाे थियाे,

‘लाले और लाले की जान के लिये,

बार बार ये दिन आये !’

======================================================================

साैदागर’ काे शूटिङकाे बेला राज कुमार र दिलिप कुमारबीच ego काे टक्कर हुने गरेकाे, उनीहरु एकअर्कासँग नबाेल्ने गरेकाे, उनीहरु बीच cold war चलेकाे आदि खबरहरु मिडियाहरुमा मिर्चमसाला सहित छापिए, पस्किइए। तर यसकाे सत्य के थियाे त?

‘साैदागर’ का नायक विवेक मुश्रान भन्छन्, ‘वास्तवमा त्यस्ताे केही भएकै थिएन। राज साहब र दिलिप साहब त शूटिङमा childish behave गर्थे।’

‘कस्ताे childish behave?’

विवेक मुश्रान हाँस्दै जवाफ दिन्छन्,

‘शूटिङस्थलमा थुप्रैपटक यस्ताे भयाे कि दिलिप कुमार साहबले राज कुमार साहबलाई ‘हेलाे’ भन्थे, तर राज कुमार साहबले सुनेकै हुँदैनथे र जवाफ फर्काउँदैनथे।

एकदिन त दिलिप साहबले पनि राज कुमार साहबलाई ignore गर्नुभएछ। अनि राज कुमार साहब आफै दिलिप साहबकहाँ गएर उहाँलाई ‘हेलाे’ भन्नुभएछ। त्यसपछि त के चाहियाे, दिलिप साहब खुशी हुँदै सुभाष घई कहाँ आएर घईलाई भन्नुभयाे, ‘लाले, मैले पनि आज उनलाई ignore गरिदिए। अनि, उनी आफै आएर मलाई हेलाे भन्याे।’ यस्ताे childish behave गर्नुहुन्थ्याे उहाँहरु।’

======================================================================

त्यस्तै, राज कुमारलाई सम्झिन्दै भेट्रान एक्टर डेनी डेंजाेङ्ग्पा आफ्नाे एउटा अन्तरवार्तामा यसाे भन्छन्, 👇️

उहाँ (राज कुमार) लाई राम्राेसँग भित्रैबाट चिन्नु त धेरै टाढाकाे कुरा हाे। तर मैले राज कुमार जीसँग धेरै फिल्ममा काम गरेकाे छु। थुप्रै-थुप्रै सफल फिल्ममा हामीले सँगै काम गर्‍याैं। तब, त्यही फिल्महरुका दाैरान हाम्राे भेटघाट, मेलजुल हुन्थ्याे। म एकाधपटक उहाँकाे जुहुस्थित घर पनि गएकाे छु। ‘WISHPERING WINDOWS’ वा यस्तै कुनै नाम थियाे उहाँकाे घरकाे। सँगै बसेर जाम (मदिरा) पनि पिएका छाैं हामीले।

मेराे विचारमा राज कुमार जी एक अत्यन्त बुद्धिमान (intelligent) व्यक्ति हुनुहुन्थ्याे। उहाँ अत्यन्त classy type काे व्यक्ति हुनुहुन्थ्याे, जसलाई धेरै कुराकाे ज्ञान थियाे। उहाँसँग कहीँ पनि, कुनै पनि बिषयका बारेमा छलफल गर्न सकिन्थ्याे।

तर, उहाँलाई लाग्थ्यो कि उहाँ कहीँ न कहीँ याे फिल्म इंडष्ट्रीमा मिसफिट हुनुहुन्छ। उहाँलाई कता-कता लाग्थ्याे कि याे गलत ठाउँमा म कसरी आइपुगे? उहाँकाे मनमा धेर-थाेर याे कुराले डेरा जमाएकाे थियाे। हुन पनि यहाँकाे माहाैल नै यस्ताे थियाे। यहाँकाे काम गर्ने जुन माहाैल थियाे, त्यहाँ धेरैजसाे अशिक्षित र अयाेग्य व्यक्तिहरु थिए। जबकि राज जी पहिले पुलिसमा हुनुहुन्थ्याे। उहाँ एक अनुशासित पुलिस अफिसर हुनुहुन्थ्याे। त्यसैले, उहाँ फिल्मकाे सेटमा हुने कामहरुमा पनि अनुशासन खाेज्नुहुन्थ्याे, जुन प्रवृत्ति म मा पनि थियाे। म पनि पहिले आर्मी ज्वाेइन गर्न चाहन्थे। म पनि ‘NCC’ (National Cadet Corps. The Indian Armed Force’, Youth Wing) मा थिए, १९६८-१९६९ ताका।

र त्याे contradiction मलाई पनि महसुस हुन्थ्याे कि यहाँ त्याे timing छैन। यहाँ कुनै पनि बेला शट लिइन्दैछ। डाइरेक्टर जाे सिनमा घुसेका छन् उसलाई समयकाे कुनै मतलबै छैन। ऊ आफ्नाे काममा यति व्यस्त छ कि उसले lunchbreak भन्नु पनि बिर्सिएकाे छ। बिहान तीन-चार बजे डिनर दिइन्दैछ। दिउँसाे चार-पाँच बजे लञ्च खाइन्दैछ। अनि, रात-दिन शूटिङ भइरहेकाे छ।

यी सारा कुराहरु मेराे विचारमा राज जीलाई मन पर्दैनथ्याे। उहाँ अनुशासित हुनुहुन्थ्याे। त्यसैले उहाँ सेटमा पनि अनुशासन चाहनुहुन्थ्याे। उहाँले आफ्नै timetable बनाउनुभएकाे थियाे। उहाँ बिहान दस बजे सेटमा आउनुहुन्थ्याे, अनि शूटिङ गर्नुहुन्थ्याे। त्यसपछि बाह्र-एक बजेतिर उहाँ lunchbreak गर्नुहुन्थ्याे। उहाँको lunchbreak तीन-चार घण्टाकाे हुन्थ्याे। लञ्चपश्चात् उहाँ केहीबेर सुत्नुहुन्थ्याे, आराम गर्नुहुन्थ्यो। अनि, फेरि दिउँसाे चार बजे मेकअप गरेर शूटिङ गर्न आउनुहुन्थ्याे।

सारा निर्माता-निर्दैशक र हामी सह-कलाकारहरुलाई पनि उहाँकाे timetable काे बारेमा थाहा थियाे। हामी सबैलाई थाहा थियाे कि राज जी lunchbreak पछि चार बजे मात्र शूटिङमा आउनुहुनेछ। त्यसैले, निर्दैशक दुईदेखि चार बजेकाे बीचमा अरु कलाकारहरुका दृष्यहरु खिँच्थ्याे। यसरी ऊ शूटिङलाई एडजस्ट गर्थ्याे।

कहिलेकाहीँ त के हुन्थ्याे भने रातभरि शूटिङ गरिन्थ्याे। कलाकारहरु पानीमा भिजिरहेका हुन्थे वा रातभरि फाइटकाे शूटिङ चलिरहेको हुन्थ्याे। राज जी सँग काम गर्नमा convenient याे हुन्थ्याे कि उहाँ रातमा सात बजेकाे shift मा आउनुहुन्थ्याे र बाह्र-एक बजे packup गरेर जानुहुन्थ्याे। मलाई त्याे मन पर्थ्याे। म पनि त्यसाे गर्न चाहन्थे, त्यसाे गर्न खाेज्थे। राज जीसँग धेरै फिल्म खेल्नुकाे उद्देश्य नै याे थियाे कि बडाे अनुशासनका साथ समयमा काम हुनेछ। समयमा काम गरेर समयमै घर जान पाइनेछ। missmanagement हुने छैन। कामकाे overload हुने छैन। समयमा मानिसजस्तै चल्न पाइनेछ। यस्ताे हैन कि चमेरा जसरी रातभरि जागिरहाैं। सेटमा, काममा timetable भएमा, अनुशासन भएमा मज्जा आउँथ्याे।

I think Raj Ji was one of the biggest Stars. उहाँकाे आफ्नै एक अलग अंदाज (attitude) थियाे। उहाँकाे त्याे अंदाज नै उहाँकाे image बनेकाे थियाे जसलाई मानिसहरु सरहना गर्थे। मानिसहरु उहाँलाई पटकपटक साेही अंदाजमा हेर्न मन पराउँथे। उहाँकाे जस्ताे डायलग बाेल्ने अंदाज थियाे, उहाँकाे जस्ताे look थियाे, जस्ताे चाल थियाे, त्याे एकदमै अलग थियाे। उहाँ फाइट पनि अलग अंदाजमा खेल्नुहुन्थ्याे। उहाँ सबै काम आफ्नाे अलग अंदाजमा गर्नुहुन्थ्याे। उहाँकाे याे अलग अंदाजले मानिसहरुलाई crazy बनाइदिएकाे थियाे।

He was a very different kind of actor who was more of a star. Larger than life star who could carry of doing anything. Illogical things he could do it and said and convinced the audiences. He was that kind of actor. So, I enjoyed working with him.

हामीलाई पहिल्यै थाहा हुन्थ्याे कि कहाँ, कुन डाइलगमा राज जीकाे याे अलग अंदाज आउनेछ र हामीलाई याे पनि पहिल्यै थाहा हुन्थ्याे कि थिएटरमा, दर्शकहरुका बीचमा बसेर हेर्दा कहाँ, कुन ठाउँमा ताली बज्नेछ। जानी आउँदा वा उनकाे जुत्ता पनि देखाइदिदाँ मानिसहरु ताली बजाउँथे ती दिनहरुमा। He was a great guy, wonderful guy.

अ, एउटा कुरा बताउन बिर्से मैले। उहाँ एकदमै तमीज़दार हुनुहुन्थ्यो। त्यसबेला हामी ‘बुलँदी’ काे शूटिङ गरिरहेका थियाैं।
तब, एकदिन उहाँले मलाई बाेलाउनुभयाे र साेध्नुभयाे, ‘आज राति तपाईं के गर्नुहुँदैछ?’ मैले ‘मेराे त्यस्ताे केही पनि काम छैन’ भने। अनि, उहाँले मलाई आफ्नाे घरमा आमन्त्रित गर्दै भन्नुभयाे, ‘बेलुका packup पछि सँगै बसाैं न त मेराे घरमा गएर।’

शूटिङ packup भएपछि साँझ म उहाँसँग उहाँकाे घर गए। उहाँकाे घरमा गएर हामीले खाना खायाैं। त्यसपछि, मदिरा पिउन थाल्यौं। पिउँदा-पिउँदै हामी निकै मातिसकेका थियाैं। राज जी पनि। रात पनि निकै भइसकेकाे थियाे। म अब घर जान उठे। राज जी पनि म सँगै उठ्नुभयाे, म सँग घरदेखि बाहिर गाडीसम्म आउनुभयाे अनि गाडीकाे ढाेका खाेलेर मलाई बसाउनुभयाे अनि उहाँले मलाई उहाँलाई कंपनी दिन आइदिएकाेमा र उहाँसँग सुन्दर समय बिताएकाेमा धन्यवाद दिनुभयाे। He was that kind of person. उहाँ त्यस किसिमकाे व्यक्ति हुनुहुन्थ्याे। I adore him. He was a wonderful person.

मा प्रकाशित