बिभिन्न चाडर्वहरु मध्य श्रीकृष्ण जन्माष्टमी पनि अति महान पर्व हो। जसको आगमनले सबैमा हर्ष, उमंग,उत्साह छाउने गर्दछ । श्रीकृष्ण जन्माष्टमी लाई विभिन्न तरिका बाट मनाउने गरिन्छ। कुनै ठाउँ मा श्रीकृष्ण लाई लड्डूगोपाल को रूपमा झुलामाझुलाउने गरिन्छ। माटोको माटका बनाएर फोड्ने पनि गरिन्छ। कहीं श्रीकृष्ण को झाकीहरु सजाउने गरिन्छ ।
वास्तव मा श्रीकृष्ण को जन्ममा यस्तो के रहस्य छ होला जो यति हर्ष , उल्लास का साथ मनाइन्छ? जो अरु देवीदेवताको जन्मोत्सव मा मनाईदैन ।
हुन त श्रीकृष्ण को साथमा श्रीराधा पनि हुनुहन्छ तर उहाँको जन्मदिन यति धुमधाम का साथ मनाइदैन जति श्रीकृष्ण को मनाइन्छ। आज हरेक नारी को यो चाहना हुनेगर्दछ कि श्रीकृष्ण जस्तो पति ,बच्चा , साथी ,भाई मिलोस्। हरेकको योपनि चाहना हुन्छ कि श्रीकृष्ण को दर्शन मिलोस् । श्रीकृष्ण जब साक्षात् यस भूमिमा हुनुहुनथ्यो तब त्यस समय को दृश्य कस्तो थियोहोला ?
भनाइ छ कि श्रीकृष्ण को जन्म कंसको कारागारमा घोर आन्धकार रात्रिमा भयको थियो। अर्को तिर शास्त्र मा योपनि देखाइए को छ कि चारैतिर पनिनैपनी ले भरिएको सागर को बीचमा पिपलको पत्तामा श्रीकृष्ण औंला चुस्दै आऊनुभ्योको । अब यो दुईवटा कुरालाई बुझ्यौ भने एउटै त छैन दुवै मा सत्य कुन हो त?
के साचिकै श्रीकृष्ण को जन्म कारागारमा भयको थियो त ? यो पनि भनाइ छ कि जब श्रीकृष्ण यो संसार मा हुनुहुन्थ्यो तब उहाँ १६ कला सम्पूर्ण सम्पूर्ण निर्विकरी हुनुहुनथ्यो भनिन्छ। त्यस समय को समाज कस्तो थियो जहाँ यस्तो पावन आत्माले जनमालिनु भयो ।त्यो समाजमा के कारागारमा थियोहोल त? यो पनि कुनै कुरा को संकेत या प्रतीक हो । त्यसैले श्रीकृष्ण को जन्मोत्सव मनाऊ तर जानकारी का साथ मनाउन जरुरी छ।
भन्नुको भावार्थ यही हो कि , कारागार यानी बन्धन । कलियुग मा हामीले देख्यौ भने हरेक व्यक्ति को जीवन मा कति बन्धन छन् । कारावास यानी अज्ञानता , अनैतिकता, अनेक बन्धन , विकार हरु ले मनको मन भरिएको छ। श्रीकृष्ण लाई भनिन्छ जब उहाँ हरेक मनुष्य आत्मा लाई उद्धार गर्न आउनुहुन्छ अर्थात् परमात्मा जब यस संसारमा आउनुहुन्छ ,तब यस्तो अवस्था भय को हुन्छ ।
तब ती मनुष्यआत्मा हरुलाई उक्त बन्धन ,विकार र अज्ञानता बाट मुक्त गरेर श्रीकृष्ण को दुनियामा लैजानु हुन्छ । त्यसैले उक्क्त दुनियामा श्रीकृष्ण जस्तो पावन आत्मा हरुको जन्म हुन्छ । अर्कोतिर चारैतिर पनिनैपानी को बिचमा पिपल को पत्तमा श्रीकृष्ण औंला चुस्दै यससंसार आउनुहुन्छ, भन्नुको अर्थ कलियुग अज्ञानता को दुनिया जब समाप्त हुन्छ ,तब पावन दुनिया यस संसारमा आउँछ ।बाँकी चारैतिर जलमग्न पनि हुन्छ र केही भागमा पावन दुनिया सत्ययुग रहन्छ जसको आकृति पिपलको पत्ता जति रहन्छ , कृष्ण ले जन्म लिनुहुन्छ । देवकी भनेको देवकुलको आत्माहरू हुन जसलाई परमात्मा ले देवलको मा लैजानुहुन्छ ।जसलाई स्वर्ग , वैकुण्ठ, बहिस्थ,जन्नत अनेक धर्म ले आआफ्नो नामले चिन्ने गर्दछन ।सत्ययुगमा श्रीकृष्ण को कति जन्म हुन्छ ? उहाँको ८ जन्म हुन्छ हर जन्म यति श्रेष्ठ हुने भय को ले जन्मोत्सव को रूपमा मनाइन्छ। जसबाट हामीलाई पनि प्रेरणा मिल्छ कि हामीपनि त्यस दुनियामा जाने योग्य बन्न सकौं । जहाँ सबै आत्मा यति पावन सर्वगुण सम्पन्न १७ कला सम्पूर्ण सम्पूर्ण निर्विकारी हुन्छन । त्यहाँ जाने इच्छा हरेक मानिसलाई हुने गर्छ । त्यसैले श्रीकृष्ण को आठै नम्बर को जन्मोत्सव बडो धुमधामका साथ मनाइन्छ । यसैको यादगार जन्माष्टमी पछि नवौं नम्बर मा श्रीराम आउनुहुन्छ त्यसैले रामनवमी भनिन्छ ।
श्रीकृष्ण को लागि यो भँजन गाउने गरिन्छ , श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवाय अर्थात् बच्पनमा जसलाई श्रीकृष्ण भनिन्छ थोरै ठूलो हुँदा गोविन्द , आलिठूलो हुँदा हरेमुरारी भनियो जब राजगद्दीमा बस्नुहुन्छ तब नाथ नारायन भनिन्छ । एकै जन्म का यी विभिन्न अवस्था अनुसार का नाम हुन । यदि श्री लक्ष्मी र श्री नारायण सत्ययुगमा भयपछि उहाँको बचपन को समय कहाहुनुपर्यो आवश्यक सत्युग मा नै हुनुपर्यो।
त्यसैले श्रीकृष्ण द्वारयुगमा नभयर सत्ययुग को पहिलो राजकुमार भयकोले पिपलको पत्ता मा औँला चुस्दै यस संसारमा आउनुहुन्छ । जब यो संसारमा चारैतिर डूबायर जलमग्न हुन्छ यस्तो समयमा नयाँ स्वर्णिम युग मा पहिलो राजकुमार को रूपमा उहाँको जन्म हुन्छ ,उहनै नाथ नारायण पनि बन्नुहुन्छ । त्यसैले जब लक्ष्मी नारायण को राज्य थियो त्यसलाई भनिन्छ सूर्यवंसी सूर्यको समान चम्किलो आभामण्डल मा हर कोही १६;कला सम्पूर्ण स्थितिमा रहन्छन् । जसरी सत्ययुग पछि दोस्रो युग आउँछ त्रेतायुग त्यहाँ चन्द्रवंश प्रारम्भ हुन्छ । त्यसैले भनिन्छ रामको पूर्वज सूर्यवंशी थिए । तर जहाँबाट श्री राम आउनुभयो त्यहाँबाट चन्द्रवंश प्रारम्भ भयो ,त्यही कारणले श्रीरामचन्द्र भनिन्छ। सूर्य नारायण पनि भनिन्छ । श्री कृष्ण को स्वरूप सत्ययुग को श्री नारायण को पचपन को स्वरूप हो श्रीराम त्रेतायुग को स्वरूप हो।
त्यसैले यति सुन्दर श्रीकृष्ण को सुन्दर जयन्ती मनाऊ र आफ्नो जीवन मा पनि यो प्रेरणा प्राप्त गरौं । हामीले पनि यस कलियुगी दुनिया पछि जुन सत्ययुग आउँदैछ । त्यस दुनियामा श्रीकृष्ण को साथमा खेल्न,जीवन व्यतीत गर्न को लागि यस्तो योग्य पात्र बनऔं । जुन उहाँको महिमा गाउँछौ त्यो योग्य पात्र हामीपनि बनऊ। यति भन्दै यी सब्द को साथमा श्रीकृष्ण जन्माष्टमी को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
लेखक:- ब्रह्माकुमारी सरस्वती,ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र गढवा शाखा ।