‘काेई बात चले’ (२०२२):- अरुका कुरा सुन्नेहरुका लागि !

सिरिज चर्चा

प्रभाष

साेच का सूरज फिर निकले
नादानी की रात ढले
वाहवाही के
आगाही के
आगे भी
काेई बात चले…

अल्फ़ाज़ की नई राह बने
जज़्बात का नयाँ पुल बँधे
आप सुनाे,
कुछ हम सुनाए
मिल के एक तहज़ीब बने
एक साझी मिट्टी से निकली
एक साँझे बर्कत की तले
तेरे मेरे किस्से की
आगे भी
काेई बात चले…

कल की लाै से फिर नई
आज इक शम्मा जले
कल की गाेद में फिर नई
आज इक पीढ़ी पले
इक नई नज़र
एक नई डगर

नई दाैर की
काेई बात चले
आगे भी
काेई बात चले
काेई बात…चले

हामी हेर्न अभ्यस्त छाैं, सुन्न अभ्यस्त छैनाैं। हामीलाई सुन्नु मनपर्दैन। हामी सुन्नु सक्दैनौं। सुन्ने धैर्यता हामीमा छैन। आजकाे माेबाइल फाेन र इंटरनेटकाे जमानामा काे सुनिराख्छ? सिनेमा पनि त मूलत: दृष्य-माध्यम नै त हाे। दृष्यहरुका सँयाेजनबाट एउटा सम्पूर्ण कथा देखाउँछ सिनेमाले। यस्ताेमा ‘काेई बात चले’ ले तपाईंलाई कथा देखाउँदैन। कथा सुनाउँछ। जीवनका कथाहरु, जगतका कथाहरु, समाजका कथाहरु, मानवीय संवेदनाका कथाहरु, कुनै सुत्रधारकाे मुखरबिन्दबाट।

के तपाईंमा कसैलाई सुन्ने धैर्यता छ? के कथा सुन्ने धैर्यता छ तपाईंमा? कथा भन्नु र कथा सुन्नु हाम्राे सामाजिक जीवन र सँस्कृतिकाे एक अभिन्न हिस्सा वा परम्परा हाे तर याे परम्परा लगभग लाेप भइसक्याे। दृष्य-माध्यमहरुले कथा भन्ने याे परम्परालाई प्रतिस्थापित गरिसके। कथा त के आजकल मानिसहरु बीच सुख-दुःखका कुराहरु पनि हुन छाडे। कुराकानी सामाजिक सँजालमा खुम्चिए।

यस्ताेमा समाजमा फेरि याे भन्ने र सुन्ने परम्पराकाे आवश्यकता छ। कुरा गरियाेस्, कुरा सुनियाेस्। ‘काेई बात चले’ अर्थात् केही त कुरा चलाेस्, समाजका कुरा, जीवनका कुरा, मानिसका कुरा, उसका सुख-दुःखका कुरा, उसका अनुभव र अनुभूतिका कुरा, जीवनकाे सत्यका कुरा, जीवनकाे भ्रमका कुरा, सपनाका कुरा, विपनाका कुरा।

गर्नका लागि कुराहरु धेरै छन्। सुनिदिने पाे काेही छैन। के तपाईं सुन्नुहुन्छ? यस dramatic reading series ले विभिन्न सुत्रधारका माध्यमबाट तपाईंलाई भारतीय साहित्यका केही साहित्यकारका ‘क्लासिक’ कथाहरु आफ्नै माैलिक शैलीमा सुनाउँछन्। के तपाईं सुन्नुहुन्छ त उनीहरुका कथाहरु? के तपाईंमा सुन्ने धैर्यता छ? सुन्न सक्नुहुन्छ उनीहरुलाई?

यदि सक्नुहुन्छ भने Zee मा ‘काेई बात चले’ सुन्नुहाेस्। विश्वास गर्नुहाेस्, तपाईं निराश हुनुहुने छैन। साँच्चै नै कथा सुनाउनु र कथा सुन्नुकाे छुट्टै मज्जा छ। यहाँ त कथा सुनाउने सुत्रधारहरु पनि अद्भूत छन्। मनाेज पाह्वा, सादिया सिद्दिक़ी, विनय पाठक, विवान शाह, विनीत कुमार र गाेपाल दत्त आ-आफ्ना माैलिक शैलीमा क्रमशः तपाईंहरुलाई ‘टाेबा टेक सिहँ’ (मंटाे), ‘हटक’ (मंटाे), ‘ईदगाह’ (प्रेमचंद), ‘गुल्ली डंड़ा’ (प्रेमचंद), ‘मम्मद भाई’ (मंटाे) र ‘एक फिल्म कथा’ (हरिशंकर प्रसाईं) जस्ता कथाहरु सुनाउँछन्।

करिब साढे तीन घण्टासम्म उनीहरुकाे कथावाचन चल्छ। यहाँ हरेककाे कथावाचनकाे शैली एकअर्काभन्दा भिन्न-भिन्नै हुन्छ। हरेककाे कथावाचनले छुट्टै मज्जा दिन्छ। यहाँ कथावाचन गर्दाकाे बखत उनीहरुबाट प्रकट भएका भाँगभँगिमाहरु पनि उल्लेखनीय छन्। यी सबै कुराले तपाईंलाई साढे तीन घण्टा बाँधेर राख्छन्। याे ‘ड्रामाटिक रिडिङ सिरिज’ ले तपाईंलाई स्टाेरीटेलिङ र थिएटर दुवैकाे मज्जा दिन्छ।

याे सिरिजले हामीलाई कथाका पात्रहरुकाे अन्तर्मनकाे यात्रा गराउँछ। यी कथाहरु सामाजिक यथार्थवाद र मनाेविज्ञान, दुवैकाे राम्राे ‘ब्लेन्ड’ गरिएका कथाहरु हुन्। मनाेवैज्ञानिक पाटाे यी कथाहरुकाे सशक्त पाटाे हाे भन्ने मलाई लाग्छ। यी कथाहरु भावनाशील त छन् नै, विचाराेत्तेक पनि छन् साथै यिनमा ‘नाेस्टाल्जिया’ पनि छ। नाेस्टाल्जिया यस्ताे कि यी कथाहरु पात्रहरुकाे नाेस्टाल्जियासँगै स्राेताहरुलाई बगाउन सक्षम छन्। मनुष्यभित्र संवेदनाकाे खाेजी गर्नु नै याे सिरिज वा कथाहरुकाे पहिलाे र मुख्य उद्देश्य हाे भन्ने मलाई लाग्छ।

मेराे दृष्टिमा याे सिरिज साहित्य र सिनेमाकाे अनाैठाे सँगम हाे जसलाई सुनिरहन्दा यस्ताे लाग्छ कि हामीले मानव जीवन र समाजका विविध रुप, रङ र आयामका बारेमा बुझ्न अझै बाँकी नै छ। प्रशस्त रिक्तता छन् हाम्राे मन र जीवनमा, ती रिक्ततालाई भर्न अझै बाँकी नै छ। ती संवेदनाहरु अछुतै छन् अझै पनि, जसलाई स्पर्श गर्न अझै बाँकी नै छ। धेरै कुरा छन् जसलाई आवाज दिन अझै बाँकी नै छ। धेरै दृष्य छन्, जुन हाम्रा नजरबाट छुटेका छन्, तिनीहरुलाई हेर्न अझै बाँकी नै छ अनि ती दृष्यहरुमा स्वयंकाे उपस्थितिबारे कुरा गर्न अझै बाँकी नै छ। अझै बाँकी न‌ै छन् धेरै कुरा भन्न, सुन्न, बुझ्न र बुझाउन। बाँकी नै छ नयाँ खाले सँस्कृति र सभ्यताकाे निर्माण गर्न। कला-साहित्यले हामीलाई ती कुराहरु भन्न, सुन्न र बुझ्न मदत गर्छ। नयाँ खाले सँस्कृति र सभ्यताकाे जग हाल्न मदत गर्छ। याे सिरिज त्यसैकाे एउटा पुनित प्रयास हाे।

कला-साहित्यदेखि अलग्गिएका मानिसहरु समग्र जीवन दर्शनबाट पनि अन्जान हुन्छन्, अनभिज्ञ हुन्छन्। विशेषतः उनीहरुकाे लागि हाे याे सिरिज, भन्छु म। हिन्दी-उर्दू साहित्यका प्रसिद्ध लेखकहरुद्वारा लेखिएका, सुनाइएका र देखाइएका संसारमा उत्रेर त्याे सँसारलाई छाम्नु। तिनका पात्रहरुलाई अवलाेकन, विश्लेषण र संश्लेषण गर्नु, ती कथाहरुलाई पर्गेलेर अन्तर्यसम्म पुग्नु, आफ्नाे जीवन वा सँसारमा तिनकाे उपस्थितिलाई महसुस गर्नु निसन्देह एक फरक अनुभव हाे। आफ्नाे सामुन्ने नयाँ सँसार खुलेकाे महसुस हुन्छ यसलाई सुन्दा-बुझ्दा-गम्दा। भावनाकाे उलार, सरल कथावाचन, भाषिक सहजता, वैचारिक स्पष्टता र रँगमञ्चीय प्रस्तुतिले ‘काेई बात चले’ लाई एक असरदार सिरिज बनाएकाे छ।

अब म यसमा समेटिएका पाँचवटै कथाकाे ‘वानलाइनर’ बताउँछु। ‘टाेबा टेक सिहँ’ ले मुलुकहरुकाे राजनीतिक सीमाना निरर्थक र बेइमानीमात्र हाे। यसले मानव र मानवतालाई बिभाजन गर्ने काम मात्र गरेकाे छ। एउटा पागलले याे कुरा बुझ्छ भने त्यत्राे सद्दे मान्छेहरुले किन बुझ्दैन? वास्तवमा पागल काे हाे? राजनीतिक सीमाना काेर्ने र त्यसलाई मान्ने मान्छेहरु पागल कि त्यसकाे अस्तित्वलाई नै नमान्ने मान्छे पागल? याे विचार राख्छ। याे वानलाइनर हाे ‘टाेबा टेक सिहँ’ काे जसभित्र एउटा गम्भीर प्रश्न अन्तर्निहित छ। तत्कालीन परिस्थितिमा याे प्रश्न भारत र पाकिस्तानका हुकुमतहरुलाई गरिएकाे थियाे भने बृहत अर्थमा याे प्रश्न सम्पूर्ण विश्व वा मानवतामाथि नै उठाइएको थियाे। ‘टाेबा टेक सिहँ’ सआदत हसन मंटाेले लेखेका थिए।

मंटाेले नै लेखेकाे दाेस्राे कथा ‘हटक’ ले एक याैनकर्मी महिलाकाे स्वाधीनतालाई अभिरेखन गरेकाे छ। उनकाे जीवनमा जाे पुरुष छ, त्याे उनीमाथि आफ्नाे स्वामित्वकाे दाबी गर्न खाेज्छ तर स्वामीकाे जिम्मेवारी भने निभाउँदैन तर उनलाई त्यस कुराकाे रत्तिभर चिन्ता छैन किनभने उनी आफैमा स्वाधीन छिन्। उनी त्यसकाे दानापानीकाे ‘माेहताज़’ छैनन्।

याे सिरिजमा संकलित मंटाेद्वारा लिखित तेस्राे कथा ‘मम्मद भाइ’ ले बाहिरबाट हेर्दा अत्यन्त शक्तिशाली देखिने व्यक्ति पनि भित्रभित्रै कमजाेर हुँदाे रहेछ। बाहिर निडर/निर्भय भएर प्रस्तुत भए पनि ऊ त्यस्ताे निडर/निर्भय हुँदाे रहेनछ। उसकाे मनभित्र पनि डर हुँदाे रहेछ, उसलाई पनि डर लाग्दाे रहेछ, ऊ पनि भयभीत हुदाेँ रहेछ भन्ने सत्यलाई दर्शाउँछ। याे दुनियाँका व्यक्ति वा वस्तु बाहिरबाट हेर्दा जस्ताे देखिन्छ, त्यस्ताे हुँदैन। जस्ताे हुन्छ, त्यस्ताे देखिन्दैन। समय आएपछि सबैकाे मुकुण्डाे उत्रिन्छ र सक्कली रुप उजागर हुन्छ।

यसमा सँकलित प्रेमचंदकाे पहिलाे कथा ‘ईदगाह’ ले एक बालक हामिदकाे अबाेधपना र संवेदना-करुणालाई दर्शाउँछ। ‘बालक मनकाे सच्चा हुन्छन्। बालक ईश्वरकाे प्रतिरुप हुन्’ भन्ने कथनलाई हामिदले चरितार्थ पार्छ। प्रेमचंदकाे दाेस्राे कथा ‘गुल्ली डंडा’ ले चाहिँ मान्छेकाे सामाजिक-आर्थिक हैसियत बढेपछि सँगैकाे दाैतरी वा आत्मीय मित्र पनि अजनबी बन्ने, पराई बन्ने, उनीसँगकाे पहिलेकाे त्याे निश्चलता, आत्मीयता र पवित्र मनकाे सम्बन्ध सबै हराएर जाने, त्यसकाे स्थान सामाजिक पदानुक्रमले लिने नमीठाे सत्यलाई दर्शाउँछ।

अन्तिम कथाकाे रुपमा गाेपाल दत्तकाे मुखारबिन्दबाट सुनाइएकाे हरिशंकर प्रसाईकाे कथा ‘एक फिल्म कथा’ ले सिनेमा र मानव जीवन बीचकाे अन्तरलाई दर्शाउँछ। सपना र विपना, वास्तविकता र यथार्थ बीचकाे अन्तरलाई यसले बुझाउँछ।

हुन त यी कथाहरु कुनै नयाँ हाेइनन्। बर्षाैं पुराना कथाहरु हुन्। तपाईंले पनि सम्भवतः यी कथाहरुलाई पढिसक्नुभएकाे हुनुपर्छ। तर यी कथाहरु यस्ता कथाहरु हुन् जसलाई एकपटक पढेर-सुनेर धित मर्दैन। पटक-पटक पढ्न-सुन्न मन लाग्छ। त्यसैले त म याे सिरिजलाई फेरि सुन्न गइरहेको छु। यस्तो असाधारण छन् यी कथाहरु। साधारण भएर पनि असाधारण छन्। त्यसैले, अविस्मरणीय पनि छन्। यिनीहरुकाे सौन्दर्यलाई म जति महसुस गर्छु, त्यति थाहा छैन किन शब्दहरुमा व्यक्त गर्न सक्दिन? त्यसैले मेराे भाव प्रबल भए पनि त्यसकाे अभिव्यक्ति (लेखन) कमजाेर छ। अनुभूतिलाई ठ्याक्कै शब्दहरुमा व्यक्त गर्न नसकिन्दाे रहेछ। यहाँनेर मैले भन्न खाेजेकाे कुरा बुझ्नु भयाे नै हाेला।

साेचकाे सूर्य फेरि उदाओस्
अज्ञानताकाे रात ढलाेस्
प्रशँसाकाे,
प्रगतिकाे
पछि-पछि पनि
कुराहरु चलाेस्…

शब्दहरुकाे नयाँ बाटाे बनाेस्
भावनाहरुकाे नयाँ पुल बाँधियाेस्,
तपाईं पनि सुन्नुहाेस् केही,
केही मलाई पनि सुनाउनुहाेस्
मिलेर एउटा सँस्कृति बनाेस्,
एउटा साझा माटाेबाट उब्जिएको
एउटा साझा संवृद्धि मुनि
तपाईं र मेराे किस्साकाे
पछि-पछि पनि
कुराहरु चलाेस्…

हिजाेकाे उज्यालोबाट फेरि नयाँ
आज एउटा दियाे बलाेस्
हिजाेकाे काखमा फेरि नयाँ
आज एउटा पुस्ता हुर्कियाेस्,
एक नयाँ नजर
एक नयाँ डगर

नयाँ युगका
कुराहरु चलाेस्,

पछि-पछि पनि,
कुराहरु चलाेस्,
कुराहरु चलाेस् !

मा प्रकाशित