हिन्दुस्तानकाे ‘सफ्ट पॉवर’ भनिने हिन्दी सिनेमा स्वयं ‘सफ्ट टारगेट’ बनिसकेकाे छ, कुनै समय देवताहरु जसरी पूजिने उसका स्टारहरु घृणा र ‘बॉयकट’ अभियानहरुका सिकार भइरहेका छन्। याे पूरै खेलकाे ताजा निशाना शाहरुख खान र उनकाे नयाँ फिल्म ‘पठान’ बनेकाे छ। शाहरुख खान हिन्दी सिनेमाका सबैभन्दा ठूला स्टार (सुपरस्टार) हुन् र करीब चार बर्षपछि उनकाे कुनै फिल्म रिलिज भएकाे छ। जसरी शाहरुख र उनकाे यस फिल्मलाई कुनै न कुनै बहाना गरेर बिना कारण विवादहरुमा तान्ने कोशिश गरियाे वा गरिन्दैछ त्याे आफैमा अभूतपूर्व छ। यी सब (षड्यन्त्रहरु) का बावजूद ‘बक्स-अफिस’ मा ‘पठान’ ले ‘बॉयकट अभियान’ काे चक्रव्यूहलाई ताेडिदिएकाे छ र मुश्किलमा परेकाे बलिउडले उसकाे सबैभन्दा ठूलाे सुपरस्टार (शाहरुख खान) का साथमा ‘कमब्याक’ गरेकाे छ। तर जसरी शाहरुख खान र उनकाे फिल्म ‘पठान’ लाई साम्प्रदायिक घृणाकाे निशाना बनाइयाे, त्यसले ‘पठान’ लाई एक आम हिन्दी फिल्मभन्दा कैयौं गुणा बढी ठूलाे बनाइदिएकाे छ। जान-अन्जानमा याे एक ‘सहिष्णु बनाम असहिष्णु भारत’ काे लडाइँकाे एक सिनेमाई प्रतीक बनेर प्रकट भएकाे छ।
बिना कारणकाे विवाद
न्युज वेबसाइट ‘क्विन्ट हिंदी’ द्वारा #बॉयकॉटपठान काे ट्रेन्डकाे गहनताका साथ जाँचबुझ वा छानबिन गरियाे जसमा राेचक कुरा के पाइयाे भने यस फिल्मलाई बॉयकट गर्ने सबभन्दा पहिलाे उद्घाेष अगस्त २०२० मा फिल्मकाे आधिकारिक घोषणाभन्दा पहिले नै गरिएकाे थियाे। यसप्रकार याे फिल्म आफ्नाे आधिकारिक घोषणा पूर्वदेखि लिएर आफ्नो रिलिज र त्यसपछि पनि करिब दुई बर्षभन्दा लामाे समयसम्म बॉयकट ग्याङकाे रडारमा रह्याे। यस पूरै बॉयकट कलमा अक्टुबर २०२१ मा शाहरुख खानकाे छाेरा आर्यन खानकाे गिरफ्तारी र ‘बेशरम रंग’ गीतकाे रिलिज जस्ता ठूला माेडहरु पनि समाहित थिए। जसपश्चात् यस ट्रेन्डमा एउटा ठूलाे ‘उछाल’ आयाे। ‘क्विन्ट हिंदी’ ले आफ्नाे याे छानबिनमा के पायाे भने ‘पठान’ लाई बॉयकट गर्नेहरुका पछाडि दक्षिणपन्थी हिन्दुत्ववादी विचारधारासँग जाेडिएका र सुशांत सिंह राजपूतका लागि न्यायकाे मांग गर्ने व्यक्तिहरु प्रमुख रूपमा सँलग्न थिए। साथै यसमा नरोत्तम मिश्राजस्ता भाजपाकाे ठूलाे नेता पनि खुल्लाखुल्ला सँलग्न भएकाे देखियाे जो मध्यप्रदेशकाे गृहमन्त्री पनि हाे। विचारणीय छ कि ‘बेशरम रंग’ गीत रिलिज गरिएपश्चात् नरोत्तम मिश्राले भनेकाे थियाे कि यस गीतलाई दुषित मानसिकताका साथ खिँचिएकाे छ र यदि यस गीतका दृश्यहरु एवं पहिरनलाई ठीक नगर्ने हाे भने यस फिल्मलाई मध्यप्रदेशमा रिलिज गर्न अनुमति दिने कुरामाथि साेच्नुपर्ने हुन्छ।
फिल्मकाे सफलता सुनिश्चित भएपश्चात् ३० जनवरीमा शाहरुख खानद्वारा पठानकाे टीमसँग एक प्रेस कन्फ्रेन्स गरिएको थियाे जसमा उनले ‘पठान’ फिल्मकाे आफ्ना सह-कलाकारहरुकाे तुलना मनमोहन देसाईकाे फिल्मका चरित्रहरुसँग गर्दै भनेका थिए, ‘हामी सबै एक हाैं। हामी सबैकाे बीच भाइचारा छ। यी दीपिका पादुकोण हुन्, यिनी अमर हुन्। म शाहरुख खान हुँ, म अकबर हुँ। ऊ जाेन अब्राहम हाे, ऊ एंथाेनी हाे। र यसैबाट सिनेमा बन्छ… हामीमध्येबाट कसैमा पनि, कसैकाे लागि पनि, कुनै कल्चरकाे लागि, जिन्दगीकाे कुनै पाटाेभन्दा केही फरक छैन।
‘बेशरम रंग’ गीतलाई लिएर जसरी विवाद खडा गरियाे, त्याे हास्यास्पदका साथै खतरनाक पनि थियाे। विचारणीय कुरा के छ भने यस गीतमा अभिनेत्री दीपिका पादुकोणले भगवा रङकाे बिकिनी लगाएकी थिइन्, गीतकाे नाम पनि ‘बेशरम रंग’ थियाे, दीपिका पादुकाेणकाे बिकनीकाे रङ पनि भगवा थियाे र त्यस दृष्यमा शाहरुख खानकाे शर्टकाे रङ हरियाे थियाे। (मुसलमानहरु हरियाेलाई पवित्र रङ मान्छन् जसरी हिन्दुहरु भगवालाई। हरियाे पाकिस्तानकाे झण्डाकाे रङ पनि हाे।-जाेड लेखककाे)। त्यसैले, यसलाई ‘हिन्दुहरुकाे भावनालाई आहत गर्ने’ (हिन्दुमाथि मुसलमानकाे डाेमिनेशनलाई देखाउने) बताएर यसकाे अन्धविरोध सुरु गरियाे। समग्रमा, याे एक (सँघी हिन्दुत्ववादीहरुद्वारा) जबर्जस्ती खडा गरिएकाे ‘कन्ट्रोवर्सी’ थियाे तर यसलाई बिनाकारण गरिएकाे थिएन। बरु यसकाे पछाडि गहिराे उद्देश्य लुकेकाे थियाे। यस पूरै बॉयकट अभियानकाे वास्तविक निशाना र उद्देश्य चार बर्षपछि ‘कमब्याक’ गरिरहेका सुपरस्टार ‘पठान’ (उर्फ शाहरुख खान) थिए जसलाई (सँघी हिन्दुत्ववादीहरुद्वारा) ‘नयाँ भारत’ मा पचाउन गाह्राे भइरहेको थियाे।
जे तिमीलाई मनपर्छ हामी त्यही बनाउनेछाैं तर आफ्नाे शर्तमा बनाउनेछाैं
पठान सुपरस्टार शाहरुख खानकाे ‘कमब्याक’ फिल्म हाे। यसभन्दा पहिले उनकाे ‘जीरो’, ‘फ्यान’ जस्ता अलग प्रकृतिका फिल्महरुलाई दर्शकहरुले नकारिदिएका थिए। त्यसैले, चार बर्षपश्चात् उनले पूर्ण तयारीका साथ ‘कमब्याक’ गरे। आफ्नाे ‘कमब्याक’ का लागि उनले यस्ताे फिल्मलाई चुने जसलाई जनता डिजर्भ गर्छन् वा मन पराउँछन्। सायद उनले सलमान खानकाे त्याे गुनासोलाई अत्यन्त गम्भीरतापूर्वक लिए जसमा सलमान खानले भनेका थिए, ‘हाम्रा फिल्महरु साउथका फिल्महरु जसरी नचल्नुकाे एउटा कारण के पनि हाे भने उनीहरु हीरोगिरीलाई खूब बढावा दिन्छन् (जुन हामी दिन्नाैं)।’ कोविडपश्चात् अब दर्शकहरुलाई सिनेमाहलहरुमा फर्काएर ल्याउनु सजिलो छैन, अब उनीहरुसँग घरमै कैयौं विकल्प उपलब्ध छन्। यस्ताेमा उनीहरुलाई पुन: सिनेमाहलहरुतर्फ फर्काएर ल्याउनका लागि भव्यता र ‘लार्जर देन लाइफ’ महानायकहरुकाे आवश्यकता छ जुन हाल हिन्दी सिनेमाहरुले दिन सकिरहेका छैनन्। यसकाे विपरीत दक्षिण भारतीय फिल्महरुले याे काम बखूबी गरिरहेका छन् र तिनीहरु सफल हुनुकाे एउटा प्रमुख कारण पनि यही हाे। सलमान खान एक्लाे यस्ता बलिउड स्टार हुन् जाे करीब एक दशकदेखि हिट मसाला एवं ‘लार्जर देन लाइफ’ फिल्महरु बनाइरहेका छन्। यधपि, उनकाे ‘दबंग’ जस्ता केही फिल्मलाई छोड्ने हाे भने उनका अधिकाँश फिल्महरु पनि साउथकै फिल्महरुकाे रिमेक वा त्यसबाट प्रभावित थिए। यस दौरान उनै सलमान खान हिन्दी सिनेमाकाे सबैभन्दा सफल स्टार रहे।
‘पठान’ आफ्नो आन्तरिक बनावटमा एक साधारण फिल्म हाे जसलाई अत्यन्त स्टाइलिश तरीकाले बनाइएकाे छ। याे कुनै महान् वा क्लासिक फिल्म हाेइन, बरु एक विशुद्ध मसाला फिल्म हाे जसलाई बक्स-अफिसकाे चलनलाई ध्यानमा राखेर बनाइएकाे छ। फिल्मकाे कथा एकदमै लचर छ र सारा जाेड एक्शन, पेस, लोकेशन्स र हीरोइजममाथि लगाइएको छ। तर यस फिल्मकाे सबभन्दा ठूलाे विशेषता यसको बाहिरी बनावट हाे। मोटामाेटी रुपमा तीनवटा चीजहरु छन् जसले यसलाई खास बनाउँछन्- पहिलाे फिल्मकाे टाइटल ‘पठान’, जाे आफैमा एक अलग पहचान पेश गर्छ त्याे पनि एक यस्ताे बहुसंख्यकवादी भारतकाे माहौलमा जसकाे सबभन्दा ठूलाे निशाना यही पहिचान हाे। तर कुरा यति मात्र हाेइन, यस फिल्मकाे नाममात्र ‘पठान’ छैन, मुख्य चरित्र (हिराे) पनि पठान छन्। यही कडीमा एक अर्काे कुरा पनि जाेडिन्छ, फिल्मकाे हिरो ना केवल पठान हुन्, बरु उनी देशभक्त पठान हुन् जो भारतलाई आफ्नाे आम मान्छन् र डायलग दिन्छन् कि ‘पार्टी पठान के घर में रखोगे ताे मेहमाननवाजी के लिए पठान तो आएगा और साथ में पटाखे भी लाएगा।’ (पार्टी पठानकाे घरमा राख्छाैं भने अतिथि-सत्कारका लागि पठान त आउनेछ नै, साथमा पटाका पनि ल्याउनेछ।) यी सबैभन्दा एक आधारभूत कारण फिल्ममा एक यस्ताे सुपरस्टार हुनु हाे जसकाे उपनाम ‘खान’ हाे।
हंसल मेहताले भनेका छन् कि ‘पठान’ उति नै पाेलिटिकल छ जति ‘फ़राज़’ छ तर दुवै फिल्महरुकाे एक्सप्रेशनकाे तरिका अलग छ, दर्शक वर्ग अलग छन्। एक अन्य फिल्ममेकर अनुराग कश्यपले ‘पठान’ काे सफलतालाई सोशियो-पाेलिटिकल उल्लास बताएका छन्।
याे कुरा यसकारण महत्वपूर्ण छ किनभने हिन्दी सिनेमा पहिलेदेखि नै देशकाे मुसलमान समुदायलाई पर्दामा पेश गर्ने मामिलामा कन्जुस रहेकाे छ र यस्ताे मौका धेरै कम देखिने गर्छ जब कुनै मुसलमानलाई मुख्य चरित्र वा हिरोकाे रुपमा प्रस्तुत गरिएकाे हाेस्। सामान्यतया हिन्दी सिनेमाकाे पर्दामा मुसलमान समुदाय या त धेरैजसाे गायब रहन्छन् या त देखिए पनि नवाब, हिराेकाे वफादार साथी, रहीम चाचा वा आतंकवादी जस्ता भूमिकाहरुमा (देखिन्छन्)। सन् १९९० काे दशकदेखि हिन्दी सिनेमामा ‘खान तिकड़ी’ काे आगमनपश्चात् त सिल्वर स्क्रीनमा मुसलमान चरित्रहरुकाे प्रस्तुतिकरणमा झनै गिरावट आयाे/गिरावट भइरह्याे, यस दौरान उनीहरुलाई स्टेरियोटाइप टोपी लगाएकाे, नकारात्मक चरित्रहरु जस्तै कट्टरपन्थी, आतंकवादी, देशद्रोही जस्ता चरित्रहरुमा प्रस्तुत गरिरहे।
फिल्ममा केही अरु पनि साना-साना कुराहरु छन् जो यस मूलधारकाे फिल्मकाे दायरा र सोचलाई व्यापक बनाउँछन् साथै संकीर्ण दृष्टिकोणमाथि आधारित राष्ट्रवादकाे सोचलाई पनि तोड्छन्। फिल्ममा मुख्य रूपले भारत, पाकिस्तान र अफगानिस्तानका चरित्रहरु छन्, तर यहाँ आम हिन्दी फिल्महरुकाे जसरी सबथाेक ‘कालाे र सेताे’ हाेइन, बरु तीनै देशहरुमा असल र खराब, दुवै किसिमका व्यक्तिहरु छन्। उदाहरणका रुपमा यस फिल्मकाे नायक र खलनायक दुवै नै भारतीय हुन्, दुवै नै गुप्तचर सेवासँग जाेडिएका छन्। अर्कोतर्फ, यसमा पाकिस्तानकाे पनि दुईवटा चरित्र छन्, जसमा एक पाकिस्तानी जनरल छन् जो खलनायक हुन् र अर्काे फिल्मकी नायिका रुबाई छिन् जो पठानजस्तै आफ्नाे देशकाे गुप्तचर (एजेन्ट) हुन् तर जब उनले थाहा पाउँछिन् कि उनले देशभक्तिकाे जोशमा आएर केही यस्ता गल्ती गरेकी छन् जो मानवताकाे विरुद्ध छ, तब उनी पश्चाताप गर्छिन् र भारतीय हिराेसँग मिलेर भारतलाई बचाउनका लागि काम गर्छिन्। यसैगरि, फिल्ममा आम अफगानीहरुलाई आतंकी वा हिंसक मुसलमान हाेइन, बरु असल र सहयोगी मानिसहरुका रूपमा चित्रित गरिएको छ, जो भारतलाई बचाउनका लागि पठान र रुबाईसँग मिलेर काम गर्छन्। फिल्मकाे हिराे पठान न त आफ्नाे वास्तविक नाम जान्दछ, न त धर्म नै। बरु ऊ अनकंडिशनल देशभक्त हाे जो ‘यह मत पूछिए कि आपका देश आपके लिए क्या कर सकता है? बल्कि यह पूछें कि आप अपने देश के लिए क्या कर सकते हैं?’ (याे नसाेध्नुहाेस् कि तपाईंको देश तपाईंको लागि के गर्न सक्छ? बरु याे साेध्नुहाेस् कि तपाईं आफ्नो देशकाे लागि के गर्न सक्नुहुन्छ?) काे सिद्धान्तमाथि विश्वास गर्छ।
सायद यही कारण हंसल मेहताले भनेका छन् कि ‘पठान’ उति नै पाेलिटिकल छ जति ‘फ़राज़’ छ तर दुवै फिल्महरुकाे एक्सप्रेशनकाे तरिका अलग छ, दर्शक वर्ग अलग छन्। एक अन्य फिल्ममेकर अनुराग कश्यपले ‘पठान’ काे सफलतालाई सोशियो-पाेलिटिकल उल्लास बताएका छन्।
बॉयकट ग्याङ र उसकाे वैचारिक आका
आफ्ना तमाम सीमाहरुका बावजूद बलिउडकाे पहिचान ती थाेरै पेशेवर स्थानहरुमा छ जो समावेशी र धर्मनिरपेक्ष छ र याे (कुरा) बहुसंख्यक दक्षिणपन्थीहरुलाई सदैव खटकिने गरेकाे छ। आज याे विचारधारा (दक्षिणपन्थ) ले देशकाे करिब हरेक क्षेत्रमा आफ्नाे वर्चस्व स्थापित गरिसकेको छ। (यस्ताेमा) स्पष्ट रुपमा उसकाे निशाना बलिउडमाथि पनि छ। ऊ बलिउडलाई आफ्नाे भोंपू (बिगुल) बनाउन चाहन्छ र यसका लागि ऊ हरेक हथकन्डा अपनाइरहेकाे छ। (यसकाे) परिणामकाे रुपमा आज हाम्राे समाज जसरी बलिउड पनि खेमाहरुमा विभाजित भएको छ, यहाँ पनि हिन्दु-मुसलमान (विवाद) आम भइसकेको छ र पूरै इंडष्ट्री जबरदस्त वैचारिक दबावकाे दौरबाट गुज्रिरहेकाे छ। आज बलिउडलाई हिन्दुविरोधकाे प्रयोगशाला बताइन्दैछ। दिवगंत अभिनेता सुशान्त सिंह राजपूतकाे रहस्यमयी मृत्युुपश्चात् त बलिउडका विरुद्ध सुनियोजित अभियान चलाइयाे जसमा पूरै बलिउड फिल्म इंडष्ट्रीलाई नशेडी र अपराधीहरुकाे नेटवर्ककाे रुपमा चित्रित गर्ने कोशिश गरियाे। यस दौरान मुख्य रूपले तीनै खान स्टारहरु खास निशानामा रहे जसले लगभग एक चौथाई शताब्दीदेखि बलिउडमाथि आफ्नो दबदबा कायम राखेका छन् र जसका प्रशंसक धार्मिक सीमारेखाहरु भन्दा पर छन्।
बलिउडका विरुद्ध दुष्प्रचार फैलाउने अधिकाँश व्यक्तिहरु बहुसंख्यक दक्षिणपन्थी विचारधाराका हुन्, यस सन्दर्भमा दक्षिणपन्थी न्युज पोर्टल ‘ऑपइंडिया’ मा ‘बॉयकट बलिउड-के याे वास्तवमा आवश्यक छ?’ शीर्षकमा प्रकाशित लेखकाे चर्चा गर्नु प्रासंगिक हुनेछ जसमा चिन्ता व्यक्त गरिएको छ कि बॉयकट अभियानका कारण पूरै फिल्म इंडष्ट्रीकाे विरोध गर्नु ठीक हाेइन। उक्त लेखमा वास्तविक दुश्मनहरुलाई चिन्ने सल्लाह दिइएको छ। स्पष्ट छ, ती दुश्मनहरु तीनै खान (सुपरस्टार्स) र उनीहरुका स्टारडम हुन्। लेखका अनुसार ‘बलिउडमा यस समय पाँचजना सुपरस्टार छन्, सलमान खान, आमिर खान, शाहरुख खान, अक्षय कुमार र अजय देवगन। हामीले यो बुझ्नुपर्छ कि अक्षय कुमार र अजय देवगनमा नै त्याे पावर र ट्यालेन्ट छ जसले खानहरुकाे स्टारडमलाई टक्कर दिन सक्छन्।’ लेखमा आह्वान गरिएको छ कि ‘हामीले हिन्दी फिल्म उद्योगलाई समाप्त गर्ने हाेइन, बरु हामीले हिन्दी फिल्महरुबाट उर्दुलाई हटाउनुपर्छ। हामीले हिन्दी फिल्महरुमा गलत इतिहासलाई देखाउनबाट रोक्नुपर्छ। हामीले हिन्दी फिल्म उद्योगबाट वामपन्थीहरुका ग्याङकाे एजेन्डाहरुलाई धुलाेपिठाे पार्नुपर्छ। हामीले हिन्दी फिल्म उद्योगलाई हिन्दुविरोधी सरगनाहरुबाट छुटकारा दिलाउनुपर्छ। हामीले हिन्दी फिल्म उद्योगकाे शुद्धिकरण गर्नुपर्छ।’
बलिउडका विरुद्ध दुष्प्रचार फैलाउने अधिकाँश व्यक्तिहरु बहुसंख्यक दक्षिणपन्थी विचारधाराका हुन्, यस सन्दर्भमा दक्षिणपन्थी न्युज पोर्टल ‘ऑपइंडिया’ मा ‘बॉयकट बलिउड- के याे वास्तवमा आवश्यक छ?’ शीर्षकमा प्रकाशित लेखकाे चर्चा गर्नु प्रासंगिक हुनेछ जसमा चिन्ता व्यक्त गरिएको छ कि बॉयकट अभियानका कारण पूरै फिल्म इंडष्ट्रीकाे विरोध गर्नु ठीक हाेइन। उक्त लेखमा वास्तविक दुश्मनहरुलाई चिन्ने सल्लाह दिइएको छ। स्पष्ट छ, ती दुश्मनहरु तीनै खान (सुपरस्टार्स) र उनीहरुका स्टारडम हुन्। लेखका अनुसार ‘बलिउडमा यस समय पाँचजना सुपरस्टार छन्, सलमान खान, आमिर खान, शाहरुख खान, अक्षय कुमार र अजय देवगन। हामीले यो बुझ्नुपर्छ कि अक्षय कुमार र अजय देवगनमा नै त्याे पावर र ट्यालेन्ट छ जसले खानहरुकाे स्टारडमलाई टक्कर दिन सक्छन्।
संघ (राष्ट्रिय स्वयंसेवक संघ-आरएसएस) लामाे समयदेखि बलिउडमाथि आफ्नाे वैचारिक वर्चस्व जमाउने दाऊमा छ र अब यस दिशामा उसले थोरैबहुत सफलता पनि पाइरहेको देखिन्दैछ। आरएसएसले ‘भारतीय चित्र साधना’ नामक एक संगठन पनि बनाएकाे छ जसकाे उद्देश्य सिनेमामा हिन्दुत्वकाे विचारधारालाई बढावा दिनु हाे। पछिल्लो बर्ष ‘चित्र भारती फिल्मोत्सव’ काे आयोजना २५-२७ मार्चमा भोपालमा गरिएको थियाे जसमा अक्षय कुमार र ‘द कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्री बतौर मुख्य अतिथि सहभागी भएका थिए।
‘साइलेन्ट रिबेलियन’ शाहरुख ?
अंग्रेजी ‘कारवां’ ले जनवरी २०२३ मा ‘साइलेन्ट रिबेलियन’ शीर्षकमा कभर स्टोरी प्रकाशित गरेकाे छ, ‘के शाहरुख खान साँच्चै एक विद्रोही हाे?’ वास्तवमा शाहरुख खानले आफ्ना पछिल्ला थुप्रै फिल्ममा मुस्लिम चरित्रहरु निभाएका छन्। उनले ‘ए दिल है मुश्किल’ मा ‘केमियो’ चरित्र ताहिर खान, ‘डियर ज़िन्दगी’ मा जहांगीर खान, ‘माई नेम इज खान’ मा रिज़वान खान, ‘चक दे इंडिया’ मा कबीर खान जस्ता चरित्रहरुलाई निभाएर सिनेमाकाे पर्दामा मुस्लिम छविलाई ‘सामान्यीकरण’ गरेका छन्, याे एक बलियाे सन्देश हाे जसमाथि विचार गर्नुपर्ने र उनकाे सराहना गर्नुपर्ने आवश्यकता छ। यसकाे झलक उनकाे सार्वजनिक जीवनमा पनि देख्न पाइएको छ। सन् २०१५ मा उनले एक साक्षात्कारकर्तासँग भने, ‘धार्मिक असहिष्णुता र धर्मनिरपेक्ष नहुनु यस देशमा सबभन्दा खराब किसिमकाे अपराध हाे।’ पछि यस टिप्पणीकाे उपयोग उनलाई ‘बुल्लिइङ’ गर्न र उनकाे देशभक्तिमाथि प्रश्न उठाउनका लागि गरियाे र अन्ततः उनले त्यस टिप्पणीका लागि माफी माँग्नुपर्याे। ततपश्चात् उनी लगातार निशानामा (परिरहेका) छन्। पछिल्लाे बर्ष उनकाे छाेरा आर्यन खानलाई एउटा पार्टीमा कथित रुपमा ड्रग्स लिएकाे आरोपमा गिरफ्तार गरियाे तर पछि गएर आर्यन खानमाथि लगाइएकाे आरोप सिद्ध हुन सकेन। यसैगरि, लता मंगेशकरलाई श्रद्धान्जलि दिइरहेकाे समयमा शाहरुख खान जब दुआ पढेर फुकिरहेका थिए तब भाजपा हरियाणाका आईटी सेलका प्रभारी अरुण यादवले ट्वीट गरेर भने, ‘के यिनले थुकेकाे हाे?’
फिल्मकाे सफलता सुनिश्चित भएपश्चात् ३० जनवरीमा शाहरुख खानद्वारा पठानकाे टीमसँग एक प्रेस कन्फ्रेन्स गरिएको थियाे जसमा उनले ‘पठान’ फिल्मकाे आफ्ना सह-कलाकारहरुकाे तुलना मनमोहन देसाईकाे फिल्मका चरित्रहरुसँग गर्दै भनेका थिए, ‘हामी सबै एक हाैं। हामी सबैकाे बीच भाइचारा छ। यी दीपिका पादुकोण हुन्, यिनी अमर हुन्। म शाहरुख खान हुँ, म अकबर हुँ। ऊ जाेन अब्राहम हाे, ऊ एंथाेनी हाे। र यसैबाट सिनेमा बन्छ… हामीमध्येबाट कसैमा पनि, कसैकाे लागि पनि, कुनै कल्चरकाे लागि, जिन्दगीकाे कुनै पाटाेभन्दा केही फरक छैन।’ यसलाई संयोग नै मान्नुपर्छ की शाहरुख खान महात्मा गांधीकाे ७५ औं पुण्यतिथिकाे दिन यी कुराहरु गरिरहेका थिए। यसभन्दा पहिले २६ जनवरीका दिन गरिएको उनकाे एउटा ट्वीटले पनि सबैकाे ध्यान तान्याे, जसमा उनले लेखेका थिए, ‘देश के लिए क्या कर सकते हो… सभी को गणतंत्र दिवस की बधाई। हमें वह सब संजोना चाहिए जो हमारे संविधान ने हमें दिया है और कोशिश करें कि अपने देश को नई ऊंचाइयों पर ले कर जाएं, जय हिंद !’ (देशकाे लागि के गर्न सक्नुहुन्छ…सबैलाई गणतन्त्र दिवसकाे बधाई। हामीले ती सब (थाेकलाई) सजाउनुपर्छ जो हाम्राे संविधानले हामीलाई दिएकाे छ र अझ कोशिश गर्नुपर्छ की आफ्नाे देशलाई नयाँ उचाइमा लिएर जाऔं, जय हिन्द !)
अहिलेका लागि नयाँ भारतमा विपरीत विचारहरु टिकिरहनु मामुली कुरा हाेइन, तर यहाँ त पूरै दबंगताका साथ टक्कर दिइएकाे छ। सायद यसकारण अनुराग कश्यपले शाहरुख खानलाई एक मजबुत मेरुदण्डयुक्त व्यक्ति भने जो आफुविरुद्ध यतिका सारा (षड्यन्त्रहरु) हुनका बावजूद चुप रहे र अब आफ्नाे कामकाे माध्यमबाट स्क्रीनमा बोलेका छन्। यति विरोध र नकारात्मक-बॉयकट अभियानका बावजूद ‘पठान’ फिल्म भव्यतम् रुपमा सफल हुनु ठूलाे कुरा हाे। यसकारण जब शाहरुख भन्छन्, ‘क्रिएटिभिटीकाे कुनै धर्म हुँदैन, याे अत्यन्त सेक्युलर हुन्छ’, तब वास्तवमा उनी बलिउडकाे त्याे जमिनमाथि टिकिरहने जिद्दी गरिरहेका हुन्छन्, जसलाई बनाउनमा एक शताब्दीभन्दा अधिक समय लागेकाे छ।