घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही–१२ को तल्लो बसन्तपुर गाउँ

गणतन्त्र नेपाल समाचारदाता

घोराही,६ चैत्र । घोराही बनाऔं अभियानको सहजीकरण एवं स्थानीय समुदायको जीवन्त प्रयासनमा घोराही उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको तल्लो बसन्तापुर टोल यतिबेला पिउनेपानीको समस्याबाट मुक्त भएको छ । केही महिना अगाडीसम्म एक गाग्री पानीका लागि रातरातभर जागाराम बस्नुपर्ने बाध्यताबाट यतिबेला उक्त टोलका बासिन्दाहरुले मुक्ति पाएका छन् ।

घोराही बनाऔं अभियानले सो टोलमा नयाँ खानेपानी समिति गठन गरेर स्थानीयबासीलाई अगाडी बढाउने योजनासहित काम गरेपछि हाल त्यहाँ विहान साढे एक घण्टा, साँझ साढे एक घण्टा सबैको धारामा पानी जाने भएको छ । यसका लागि टोलबासीले प्रियासनले भने बमोजिमनै तल्लो बसन्तापुर खानेपानी संरक्षण उपभोक्ता समिति नन्दराम वलीको नेतृत्वमा गठन गरेर नयाँ सिराहबाट गाउँमा पिउने पानीको जोहो गरेको थियो । प्रत्येक घरबाट १५ हजारका दरले रकम संकलन गर्नुका साथै स्थानीय दात्ता एवं खानेपानी तथा सरसफाई कार्यालयबाट पाइप सहयोग समेत ल्याइएको थियो । घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले विभिन्न निकायमा यसको लागि पहल गर्नुभएको थियो । तल्लो बसन्तापुर टोल विकास संस्थाका अध्यक्ष रशेम योगी, स्थानीय गोबरर्धन योगीले घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनकै सल्लाह बमोजिम आफुहरु अगाडी बढ्दा आजकाल टोलमा पिउने पानीको व्यवस्था भएको बताउनुभयो । यसैबीच शुक्रबार उक्त टोलमा पानीको थप व्यवस्था गर्ने विषयमा र गाउँको अन्य समस्याको विषयमा घोराही बनाऔं अभियानले टोलमै पुगेर छलफल गरेको छ । अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गाउँमा पुगेको टोलीले गाउँको अवलोकन समेत गरेको थियो । गाउँमा अभियानको टोलीलाई भव्य स्वागत समेत गरिएको थियो । हाल उक्त टोलमा ६० घरधुरी रहेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID