
दाङ, गढवा । गढवा गाउँपालिका–५ बाँकीमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
साँझ करिब ७:३० बजे भएको दुर्घटनामा रा ६ प १७६९ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४२ वर्षीय भानु रिजालको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिएका छन्।
स्थानीयका अनुसार रा १ त ३४२९ नम्बरको ट्र्याक्टरमा पछाडिबाट आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
घटनापछि प्रहरीले ट्र्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




