घोराही बनाऔं अभियानद्वारा गोग्लीको नगर अस्पताल निर्माण गरी छिटो सूचारु गर्न माग

सविन प्रियासन

घोराही । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँने दायित्व सरकारको भएको हुँदा पालिकाले अस्पतालको भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र त्यहाँ अस्पतालकारुपमा सेवा सूचारु गर्न माग गरेको हो । ज्ञापनपत्र बुझ्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले घोराही बनाऔं अभियानले अति नै राम्रो विषय उठान गरेको भन्दै यस विषयमा पालिकाले गम्भीरताका साथ कार्य गर्ने बताउनुभयो ।

घोराहीमा सरकारी अस्पताल नभएका कारण स्वास्थ्य विमालगायतका सरकारले निशुःल्करुपमा दिने गरेको स्वास्थ्य सेवा नागरिकलाई दिनका लागि केही समस्याहरु भएको बताउँदै उपप्रमुख डिसीले नगर अस्पताल निर्माण कार्य र सेवा सूचारु गर्ने विषयमा नगरकै तर्फबाट आफुहरुले तदारुकताका साथ काम गरिरहेको र गर्ने बताउनुभयो ।

नगर अस्पताल सञ्चालन गर्ने सवालमा बुझाइएको ज्ञापनपत्रको पूर्ण पाठ :

श्री नगर प्रमुखज्यू  घोराही उपमहानगरपालिका

घोराही, दाङ

विषय : घोराही–४ भकारे (गोग्ली)मा रहेको नगर अस्पतालको भवन छिटै निर्मााण कार्य सम्पन्न गरी सेवा सूचारु सम्बन्धमा ।

महोदय,

दाङ लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला हो । दाङको सदरमुकामकारुपमा

रहेको घोराही नेपालकै सबै भन्दा ठूलो उपमहानगरपालिका हो । दाङलाई पछिल्लो समय स्वास्थ्यको हबकारुपमा पनि विकास गर्न खोजिएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल विशषज्ञ सेवा समेत प्रदान गरिरहेको छ । जसमा दाङबासी खुसी छन् ।

यति हुँदा हुँदै पनि कतिपय स्वास्थ्य सेवाका सन्दर्भमा समस्याहरु जिउँका तिउँ छन् । नेपाल सरकारले दिइ रहेको स्वास्थ्य विमा मार्फत उपचार र प्रारम्भीक स्वास्थ्य उपचारको सन्दर्भमा सबै जसो नागरिक प्रतिष्ठानमा जाने भएका कारण त्यहाँ अत्यधिक भिडभाड छ । जसले गर्दा जटिल बिरामी भएकाहरुलाई समेत घण्टौ कुर्नुपर्ने अवस्था छ । तसर्थ घोराही–४ भकारे गोग्लीमा निर्माणाधिन नगर अस्पतालको भवन निर्माण कार्य सम्पन्न गर्ने अबधि पुगेको धेरै भैसक्दा समेत भवन निर्माणको कामले पूर्णता पाउन नसकेकाले घोराही उपमहानगरले विशेष पहल कदमि ल्याएर भवन निर्माण कार्य तत्काल सम्पन्न गर्ने सवालमा ध्यान दिन हामी माग गर्दछौं । यसका साथै भवन निर्माण कार्य सम्पन्न गरी छिटो भन्दा छिटो घोराही–४ भकारेमा नगर अस्पताल सूचारु गरी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि जोडदार माग गर्दछौं ।

-सविन प्रियासन (संयोजक) घोराही बनाऔं अभियान

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID