
गढवा,२६ फागुन । फागुन २१ मा सम्पन्न दाङ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित देवराज पाठक लाइ मंगलबार गढवा बहुमुखी क्याम्पसमा एक कार्यक्रमको बिच भव्य स्वागत तथा सम्मान गरिएको छ।
जेष्ठ नागरिक तेज प्रसाद न्यौपानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य देवराज पाठकको प्रमुख आतिथ्यमा भएको स्वागत तथा सम्मान कार्यक्रम गढवा बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो।
स्वागत तथा सम्मान कार्यक्रमम बोल्दै नव निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज पाठकले आफु सुशासनको प्रत्याभूति हुने गरी जनताको सेवामा समर्पित हुने बताउनु भयो। गढवा बहुमुखी क्याम्पसका योजनाकार समेत रहेका पाठक गढवा बहुमुखी क्याम्पसमा लामो समय सम्म कार्यरत रहनु भएको थियो। आफुले क्याम्पसको हरेक विषयबस्तु सुक्ष्म तरिकाले जानकार रहेकाले आवश्यक काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक तेज प्रसाद न्योपानेले पाठकको जितले आफुहरु हर्षित भएको बताउनु भयो। पुर्व प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले गढवा बहुमुखी क्याम्पसको मुहार फेरेको बताउदै तारिफ समेत गर्नु भयो।
प्रतिनिधि सभा सदस्य देवराज पाठकको स्वागत तथा सम्मान कार्यक्रममा शकुन्तला डिसी, कपिलदेव खनाल, रामप्रसाद गैरे, जगतराम यादव, कालीराम चौधरी , गुणनिधि शर्मा, खगेश्वर शर्मा तथा दामोदर डाँगी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख विकास रजौरेले स्वागत मन्तव्य राख्दै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, नयाँ संकाय सञ्चालन तथा भौतिक पूर्वाधार विकासका लागि राज्यको थप सहयोग आवश्यक रहेको बताउनुभयो।
क्याम्पस प्रमुख विकास रजौरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सह–प्राध्यापक ठाकुरप्रसाद खनालले गर्नुभएको थियो।




