रास्वपा कार्यकर्ताले झण्डा जलाएको भन्दै एमाले दाङद्वारा भर्त्सना

एमालेले रास्वपालाई जिम्मेवार हुन आग्रह गर्दै यस्ता गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

गणतन्त्रनेपाल

दाङ । (नेकपा एमाले) दाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै आपत्ति जनाएको छ।

गएराति तुलसीपुर बजार क्षेत्रमा रास्वपा सम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अशोभनीय नारा लगाउनुका साथै पार्टीको झण्डा जलाएको भन्दै एमाले जिल्ला कमिटीले शुक्रबार एक विज्ञप्तिमार्फत भर्त्सना गरेको हो।

जिल्ला अध्यक्ष शिवकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक संस्कार र विधिको शासनमाथि प्रहार हुने गरी भएको उक्त गतिविधि अराजक र असभ्य भएको उल्लेख छ।

विचार र जनमतबाट राजनीतिक असहमति व्यक्त गर्नुपर्नेमा हिंसात्मक र उत्तेजक व्यवहार देखाउनु राजनीतिक अपरिपक्वता भएको एमालेको ठहर छ।

एमालेले रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रूपमा प्रस्तुत हुन आग्रह गर्दै क्षणिक चर्चाका लागि गरिने उग्र प्रदर्शन र प्रियतावादले अन्ततः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा एमालेको धैर्यता र संयमतालाई कमजोरीका रूपमा नलिन सचेत गराउँदै यस्ता गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ।

साथै, एमालेले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ लोकतान्त्रिक मूल्यको रक्षा र सुदृढ प्रतिवादको पक्षमा उभिन अपिल समेत गरेको छ।

uml press note dang

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID