महिलालाई व्यवसायिक उत्पादनमा जोड्न गढवामा बगर खेती तालिम

आलोक भावुक

गढवा,७ फागुन । गढवा गाउँपालिका वडा नं. ७ स्थित कान्छीगाउँमा उद्यमी महिलालाई व्यवसायसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तीन दिने बगर खेती तालिम सम्पन्न भएको छ।

गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सम्पन्न तालिममा २१ जना उद्यमी महिलाको सहभागिता रहेको थियो। तालिममार्फत बगर खेतीको प्रविधि, यसको महत्व तथा बगरमा उत्पादन गर्न सकिने विभिन्न तरकारीबारे विस्तृत जानकारी प्रदान गरिएको उद्यम विकास शाखाले जनाएको छ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त तालिमले सहभागी महिलालाई व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउने विश्वास लिइएको छ। तालिमपश्चात् उत्पादन बढ्दै जाँदा आम्दानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन्।

तालिममा कृषि विकास शाखाका कृषि प्राविधिक फूलनदेवी चौधरी र हेमराज पुनले प्रशिक्षण रहनु भएको थियो। कार्यक्रमको सहजीकरण उद्यम विकास शाखाकी सहजकर्ता बिनु भुजेल र मीना चौधरीले गर्नु भएको थियो।

गढवा गाउँपालिकाले सञ्चालन गरेको यस्तो सीपमूलक तालिमले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउँदै आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID