
गढवा,३ फागुन । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि. दाङकाे ११ औं बार्षिकाेत्सबकाे अवसरमा यहि फागुन १३ गते मैत्रीपुर्ण पत्रकार र सहकारी संस्था बिच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता हुने भएकाे छ ।
संस्थाकाे मिति २०८२ फागुन ०२ गते शनिबार सम्पन्न बैठकले बिहान ८:३० बजे देखि जनता माध्यमिक बिद्यालयकाे खेल मैदानमा क्रिकेट प्रतियाेगिता र २ बजे पत्रकारहरू सँग अन्तरक्रिया कार्यक्रम गरि बार्षिकाेत्सब मनाउने निर्णय गरेकाे संस्थाका सचिब श्याम बहादुर चाैधरीले जानकारी दिनु भयाे ।
यसअघिका बार्षिकाेत्सबकाे अवसरमा बृहत् रक्तदान कार्यक्रम, बृद्धअाश्रम तथा स्वास्थ्यचाैकिहरूका बिरामिलाई फलफुल बितरण, गरिब बिपन्न परिवारका बिद्यार्थीलाई, झाेला, कापि, कलम लगायत सामाग्री बितरण तथा अन्य सामाजिक काम गर्दै आएकाे संस्थाले यश वर्ष प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै मैत्रीपूर्ण क्रिकेट र अन्तरक्रिया कार्यक्रम गर्न लागेकाे कार्यक्रम संयाेजक वसन्त चाैधरीले जानकारी दिनुभयाे ।
हामी बिबिध कार्यक्रम तथा फरक फरक कार्यक्रम गर्दै बार्षिकाेत्सब मनाउदै आएका छाै, याे वर्ष पत्रकारहरू र संस्था बिच मैत्रीपूर्ण र अन्तरक्रिया कार्यक्रम गरि मनाउने निर्णय भएकाे छ, कार्यक्रमलाई भब्य बनाउन गृहकार्य भैरहेकाे संयाेजक चाैधरीले जानकारी दिनु भयाे ।
संस्था दाङ जिल्लाभर कार्यक्षेत्र रहि, गढवा बजार, कालाकाटे बजार, लमहि बजार बाट सेवा दिदै आईरहेकाे छ । एम्बुलेन्स सेवा, रेमिटान्स सेवा, बचत तथा ऋणकाे काराेवार गर्दै आएकाे संस्थाले यश वर्षबाट कागति खेति कार्यक्रम समेत संचालन गरेकाे छ ।




