
गढवा, दाङ । बालसन्सार एकेडमी गढवाको आयोजनामा तेस्रो पटक गढवामा १९ विधाका खेलहरू समेटिएको “किड्स ओलम्पियाड” उत्साहका साथ सुरु भएको छ। विद्यालयका अध्यक्ष जयबहादुर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
ओलम्पियाडको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य दिनमणी आचार्यले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता प्रतियोगिताले बालबालिकामा आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गराउँछ। बालसन्सार एकेडेमीले निरन्तर रूपमा शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिएको देख्दा अत्यन्त खुशी लागेको छ।”
उहाँले विद्यालयले गढवा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र प्रेरणादायी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गर्नुभयो। स्थानीय तहको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल माधव शर्मा पण्डितले गर्नुभएको थियो। उहाँले किड्स ओलम्पियाडले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगितामा विभिन्न उमेर समूहका विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका छन्।
वालवालिकाहरु बिच किड्स ओलम्पियाडले वालवालिका र अभिभावकमा खुसी छाएको छ, र यस प्रयासलाई नमूनाको रुपमा लिएका छन्।
विद्यालयले जनाएको अनुसार कार्यक्रम फागुन १ गते दिउँसो १ बजे समापन हुनेछ।
बालसन्सार एकेडेमीले प्रत्येक वर्ष आयोजना गर्दै आएको बालसन्सार एकेडमी गढवाको आयोजनामा १९ विधाका खेलसहित किड्स ओलम्पियाड सुरु विद्यार्थीहरूमा खेलप्रति रुचि जागृत गर्नुका साथै समग्र व्यक्तित्व विकासमा टेवा पुर्याउँदै आएको छ।





