भारत लैजान लागिएका दाङका सहित तीन बालबालिकाको उद्धार

गणतन्त्र नेपाल समाचारदाता

दाङ,२८ माघ । बर्दियाबाट भारततर्फ लैजान लागिएका दाङका एक बालकसहित तीन जना नेपाली बालबालिकाको प्रहरीले उद्धार गरेको छ।

मङ्गलबार राति गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, रोल्पा उपरकोटकी १५ वर्षीया बालिका र रोल्पा खाराकी १३ वर्षीया बालिका रहेका छन्। उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेको जनाइएको छ।

घटनासम्बन्धी भारत, उत्तर प्रदेशका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बहराइच जिल्लाका ७४ वर्षीय लेडी महत, उनका ३४ वर्षीय छोरा हिरालाल महत, २६ वर्षीया ज्ञानकुमारी महत, अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महत रहेका छन्।

उनीहरूसँग एक काखे बालकसमेत रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दै आएको खुलेको छ। बालबालिकालाई भारत कुन प्रयोजनका लागि लैजान खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिएका छन्।

सम्बन्धित जिल्लामा बालबालिकाका आफन्तसँग समन्वय गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रतिक्रिया दिनुहोस

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID