दाङबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना एक जनाको मृत्यु

गणतन्त्र नेपाल समाचारदाता

दाङ ,२५ माघ । दाङबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको थाक्रेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६, दसकिलोमा आज बिहान भएको दुर्घटनामा दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनाका क्रममा सडक छेउको चियापसलमा चिया पिइरहेका एक ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको हालसम्म परिचय खुल्न बाँकी रहेको छ।

दुर्घटनामा परी ५१ वर्षीय राजु थापा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनापछि प्रहरी चौकी महादेवबेशी तथा इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले बिहान करिब ८ बजेदेखि एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा ल्याएको छ। दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID