कविता  – भावनाले रंगिएको गुलाव

दुर्गा प्रसाद खनाल

एउटा यस्तो गुलाब

तिमीलाई दिँदै छु म

जुन गुलाबको

हरेक पत्ता पत्तामा

बस् भाव र भावनाका रङ्ग

पोतिएका छन्

जुन रङ्गले

सारा ब्रम्हाण्डको सौन्दर्यलाई

केन्द्रित गरेर

चम्किलो प्रेम भरिदिएका छन् ।

 

एउटा यस्तो गुलाब

तिमीलाई दिँदै छु म

त्यो गुलाबको

गुच्छा गुच्छामा भरिएको प्रेमले

तिम्रो मनमा

एक अलग्गै वास्ना छोडिदिनेछन्,

त्यो वास्नाले

संसारको सारा दुःखलाई

विकेन्द्रिकित गरिदिनेछ

तिमीबाट धेरै टाढा

अनि मात्रै प्रेमरुपी सुवास

तिम्रो मनमा भारिदिने छन् ।

 

त्यो सुवासले हर्ष फैलाउने छ

मनमा शान्तिको आभास दिलाउने छ

जसरी प्यासले तड्पिएको प्राणीले

पानीरुपी तृप्तता पाउँछ

त्यस्तै वासना रुपी तृप्तताले

तिम्रो यौवन भरिदिने छ।

 

एउटा यस्तो गुलाब

तिमीलाई दिँदै छु म

जुन गुलाबमा

काँडाको कुनै अंश छैनन्

न त पत्कररुपी खोक्रा भाव छन्

त्यो गुलाबमा

छ त केवल सौन्दर्य

त्यो सौन्दर्य पनि यस्तो

जसलाई बन्द आँखाले पनि

घन्टौ महसुस् गरिरहन सक्छन्

जुन सुन्दरताको कुनै अन्त्य छैन्

बस् आफ्ना इन्द्रियको मधुमाससँगै

तिमीमा नै लिन हुनेछ

छातीभरि भरिने छ

हराउने छ तिम्रो स्पर्शमा

अनि मिसिने छ

तिम्रो प्रेमको स्पन्दनमा

एउटा यस्तै गुलाब

तिमीलाई दिँदै छु म।

लेखक: बुद्ध ज्योति मावि गढवाका शिक्षक हुनुहुन्छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID