शुभतारा इङ्लिस बोर्डिङ स्कुलको १६ औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, २३ माघ । शुभतारा इङ्लिस बोर्डिङ स्कुल, गढवा गाउँपालिका–६ गढवाको १६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

पछिल्लो समय विभिन्न ठाउँमा रगतको अभाव भइरहेको अवस्थामा विद्यालयले आयोजना गरेको यो कार्यक्रमलाई सराहनीय कार्यका रूपमा लिइएको छ।

विद्यालयका प्रिन्सिपल विकास रजौरेका अनुसार आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन्। जसअन्तर्गत ११ महिला र १२ पुरुषले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन्।

शुभतारा इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा सम्पन्न उक्त रक्तदान कार्यक्रम रक्त सञ्चार सेवा केन्द्र, लमही दाङको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको समन्वयमा सम्पन्न भएको हो।

रक्तदान कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न तहका विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम समेत आयोजना गरेको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल विकास रजौरेले रक्तदानको महत्त्वबारे बोल्दै भन्नुभयो, “रक्तदान जीवनदान हो। हामीले दिएको एक थोपा रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ। आजको अवस्थामा रगतको अभाव ठूलो समस्या बनेको छ, त्यसैले यस्ता मानवीय कार्यमा सबैको सहभागिता आवश्यक छ। विद्यालय केवल पढाइको केन्द्र मात्र होइन, सामाजिक उत्तरदायित्व वहन गर्ने संस्था पनि हो भन्ने सन्देश दिन हामीले यो कार्यक्रम आयोजना गरेका हौं- प्रिन्सिपल विकास रजौरेले बताउनु भयो।”उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID