गढवामा सञ्चालन भैरहेको “रुपान्तरणका लागि हाम्रो साहस” कक्षा सञ्चालनबारे छलफल

आलोक भावुक

गढवा, २१ माघ । गढवामा सञ्चालन भैरहेको “रुपान्तरणका लागि हाम्रो साहस” कक्षा सञ्चालनबारे सरोकारवालाबीच छलफल सम्पन्न भएको छ। गढवा गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ७ मा कार्यक्रम सञ्चालन भैरहेको थारु महिला उत्थान केन्द्रकी अध्यक्ष प्रिज्मा सिंह थारुले जानकारी दिनुभयो।

छलफल कार्यक्रममा महिला सशक्तिकरण, हानिकारक सामाजिक मूल्य–मान्यता न्यूनीकरण, घरेलु हिंसाविरुद्ध सचेतना लगायतका विषयमा विशेष महत्वका साथ कार्यक्रम कार्यान्वयन भैरहेको जानकारी गराइएको थियो। महिला, मुस्लिम, दलित, पिछडिएको वर्ग, मुक्त कमलरी तथा एकल महिलालाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको अध्यक्ष थारुले बताउनुभयो।

थारु महिला उत्थान केन्द्रकी अध्यक्ष प्रिज्मा सिंह थारुको अध्यक्षतामा तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न छलफल कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वरिष्ठ लेखा अधिकृत खिमलाल वली, शिक्षा शाखा प्रमुख श्यामबहादुर विक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, हाम्रो साहस परियोजनाका एम&E अफिसर तेजमणी पन्त, कार्यक्रम संयोजक जित नारायण यादव, सहजकर्ताहरु सोना कुमाल, रुमा कुमारी चौधरी, प्रमिला कुमारी थारु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले “समाज रुपान्तरणका लागि महिलाको सशक्तिकरण अनिवार्य रहेको बताउँदै, ‘रुपान्तरणका लागि हाम्रो साहस’ जस्ता कार्यक्रमले हानिकारक सामाजिक कुरीति हटाउन, महिला र पिछडिएका समुदायको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको” उल्लेख गर्नुभयो। उहाँले गाउँपालिकाले यस्ता सचेतनामूलक तथा सशक्तिकरण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID