आर्थिक अवस्था कमजोर भएका प्रकाश धामीलाई उपचारमा सहयोग गरौं”

सागर रावल

आजभन्दा करिब ४ वर्ष पहिले, अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–२ मा स्थायी घर भएका प्रकाश धामी रुख बाट खसेर आँखा मा गम्भीर चोट लागेको थियो उहाँको आँखामा गम्भीर चोट लागेको थियो।

उपचारका लागि उहाँलाई त्यतिबेला नेपालगञ्ज लगिएको थियो। उपचारको क्रममा धेरै खर्च लाग्यो र आर्थिक अभावकै कारण उहाँले एउटा आँखा गुमाउनुपर्‍यो। उपचार खर्च जुटाउन उहाँले साहुसँग ऋण लिनुभएको थियो, जुन ऋण अझै तिर्न बाँकी नै छ।

हालको अवस्थामा बाँकी रहेको एउटा आँखामा पनि गम्भीर समस्या देखिन थालेको छ। डाक्टरको सल्लाहअनुसार थप उपचारका लागि करिब ७ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने बताइएको छ। तर घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार गर्न उहाँलाई ठूलो समस्या परेको छ।

यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै, सबै मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो स्थानबाट सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंहरूको सानो सहयोगले पनि उहाँको जीवनमा ठूलो आशा जगाउन सक्छ।

सम्पर्क नम्बरहरू:

📞 धिरेन्द्र सञ्ज्याल:९७४६५२९८६३

📞 प्रकाश धामी: ९७६१७३४००३

📞 हेमन्त घामी: ९७६८९५३३०९

बैंक विवरण:

🏦 Bank: NIC Asia Bank

🔢 Account No.: 0715753390604001

🙏 सहयोगका लागि अग्रिम धन्यवाद।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID