
गढवा,२४ पुष। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा आज ८० थान विद्युतीय चुलो वितरण गरिएको छ ।
गढवा गाउँपालिकाको कार्यालय, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ताहाचल काठमाडौंको संयुक्त लगानीमा पहिलो चरणमा गढवा गाउँपालिकाको आठ वटै वडामा गरी ६ सय विद्युतीय चुलो वितरण गरिने कार्यक्रम रहेको छ।
गढवा गाउँपालिका आठ वटै वडाबाट संकलित माग अनुसार ९ सय ४७ जना लाई विधुतीय चुलो,१ हजार २ सय ६ जनालाई सुधारिएको चुलो र १७ जना लाई बायो ग्यास( गोबर ग्याँस) बितरण गरिने भएको छ। जसको लागि बजेटको सुनिश्चितता भैसकेको र माघ फागुन सम्म वितरण गरिने तयारी रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।
विद्युतीय चुलोमा हरित जलबायु कोष १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४७.९७ प्रतिशत, गढवा गाउँपालिकाले १९.०९ प्रतिशत र उपभोक्ताले २२.९४ प्रतिशत खर्च ब्यहोर्ने छन भने सुधारीएको चुलोमा हरित जलबायु कोष ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत, गढवा गाउँपालिकाले १५ प्रतिशत र उपभोक्ताले ५ प्रतिशत त्यसैगरी बायो ग्यास (गोबर ग्याँस) मा हरित जलबायु कोष २८.३४ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, गढवा गाउँपालिकाले १० प्रतिशत र उपभोक्ताले १३.६६ प्रतिशत खर्च ब्यहोर्ने सामाजिक परिचालक गिरीराज भण्डारीले जानकारी दिनुभयो । पहिलो चरणमा वडा ८० का दरले वितरण गर्ने र दोस्रो चरणमा बाकी अन्यलाई वितरण गरियो तयारी गरिएको छ।
गढवा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राहुल देव चौधरी अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरू माया राम चौधरी, महेन्द्र प्रसाद चौधरी, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सामाजिक परिचालक गिरीराज भण्डारी , वडाका अन्य कर्मचारी, उपभोक्ता लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण ७ नम्बर वडा सचिव सुनिल चौधरीले गर्नुभएको थियो।




