जनता मावि कालाकाटेमा शिक्षक कुमाल र लाइब्रेरियन क्षेत्रीलाई बिदाइ

आलोक भावुक

गढवा, २३ पुष । जनता माध्यमिक विद्यालय गढवा–१ कालाकाटेमा लामो समयसम्म सेवा गरी अनिवार्य अवकाश हुनुभएका शिक्षक भद्रलाल कुमाल र १४ वर्ष सेवा गर्नुभएकी लाइब्रेरियन अनिता महतारा क्षेत्रीलाई आज एक विशेष कार्यक्रमको आयोजना गरी सम्मानसहित बिदाइ गरिएको छ।

विद्यालयका प्रधानाध्यापक वासुदेव वेल्वासेको सभापतित्व तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा बिदाइ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष बाबुराम अधिकारीले शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याएका शिक्षकहरू समाजका मार्गदर्शक भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षकले दिएको ज्ञान र संस्कार नै समाज परिवर्तनको आधार हो। कुमाल सर र क्षेत्री म्याडमले विद्यालय र समुदायमा पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।” साथै उहाँले सेवानिवृत्त जीवनलाई सकारात्मक र सक्रिय रूपमा अगाडि बढाउन शुभकामना व्यक्त गर्नुभयो।

बिदाइ कार्यक्रममा वडा सदस्य डम्बरबहादुर योगी, शिक्षक अभिभावक संघका अध्यक्ष दिपेन्द्र बुढा, शिक्षक देवलाल यादव तथा विद्यार्थीहरू सम्पदा कौशल र माधव केसीले बिदाइ भएर जानु भएका सर/म्याडमको आगामी जीवन सुखद, स्वस्थ र फलदायी रहोस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो।

यसैबीच अनिवार्य अवकाश हुनुभएका शिक्षक भद्रलाल कुमाल सरले विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले रु. २५,५५५/- रकम बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ।

उहाँको यस योगदानले विद्यार्थीहरूलाई अध्ययनमा थप हौसला र प्रेरणा मिल्ने विद्यालय परिवारले विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा बिदाइ हुने दुवै शिक्षकलाई खादा, माला तथा दोसल्ला ओढाइ प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। कार्यक्रम भावनात्मक वातावरणमा सम्पन्न भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID