प्याब्सनको ३५औं स्थापना दिवसमा गढवा गौशालालाई सहयोग

आलोक भावुक

गढवा, २२ पुष। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गढवाको आयोजनामा ३५औं स्थापना दिवसको अवसरमा गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रलाई आवश्यक सामग्री सहयोग गरिएको छ।

मंगलबार प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेको नेतृत्वमा गढवा गाउँपालिका–६ मनिकापुरस्थित गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रमा पुगेर गौ माताको संरक्षण तथा सेवा गर्ने उद्देश्यसहित आवश्यक सामग्री वितरण गरिएको हो।

प्याब्सन गढवाले ३ हजार ८ सय २५ रुपैयाँ बराबरको ८५ किलो ब्रान, ८ सय ५० रुपैयाँको ५० किलो कालो नुन र २ हजार ५ सय रुपैयाँ बराबरको १० लिटर क्याल्सियम गरी ७ हजार १ सय २५ रुपैयाँ बराबरका सामग्री गौशालालाई दान गरेको जनाएको छ।

कार्यक्रममा बोल्दै प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेले सामाजिक उत्तरदायित्व अन्तर्गत गौ संरक्षणमा सहयोग गरिएको बताउँदै भने, “प्याब्सन केवल शैक्षिक संस्थाको छाता संगठन मात्र होइन, समाजप्रति उत्तरदायी संस्था पनि हो। ३५औं स्थापना दिवसलाई स्मरणीय बनाउँदै गौ माताको संरक्षणमा सानो भए पनि योगदान दिन पाउँदा खुशी लागेको बताउनु भयो। साथै अध्यक्ष रजौरेले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।”

गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रका अध्यक्ष प्रेम बहादुर घर्तीले प्याब्सन गढवाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने “गौशालामा रहेका गाईहरूको संरक्षण र स्याहार–सम्भारमा यस्ता सहयोग अत्यन्तै उपयोगी हुने बताउनु भयो। प्याब्सन गढवाले स्थापना दिवसको अवसरमा गरेको यो सहयोग प्रेरणादायी छ, यसले अन्य संघसंस्थालाई पनि सामाजिक कार्यमा जोडिन हौसला प्रदान गर्नेछ।” अध्यक्ष घर्तिले बताउनु भयो।

गौ मातालाई आवश्यक सामग्री वितरण कार्यक्रममा प्याब्सन गढवाका सचिव थानेश्वर न्यौपाने, सदस्यहरू अमरराज शर्मा र कृष्ण थापा, गौशालाकी व्यवस्थापक रिमा पुन लगायतको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID