गढवा गाउँपालिकाद्वारा वडामै पुगेर योजना सम्झौता, सेवाग्राही हर्षित

आलोक भावुक

गढवा, १६ पुष । दाङ गढवा गाउँपालिकाको उदाहरणीय काम, योजनाको सम्झौता गर्न पालिकाको सम्झौता टिम आज गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ।

योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा आफुहरु लाई सहज भएकों धानखोला खेलमैदान व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष यज्ञ वहादुर वलीले बताउनुभयो। एउटा सम्झौता गर्न हामी एक दिनभरी लाग्थ्यो तर

सम्झौता गर्न पालिकाको टिम वडामा आएर सेवा दिंदा हामी अत्यन्त खुसी भएका छौं वलीले भन्नु भयो।

त्यसैगरी वडा बाटै योजनाको सम्झौता गर्न पाउदा आफुहरु अत्यन्त हर्षित भएको बनघुस्री पश्चिम सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव सिंह केसीले बताउनुभयो।एउटा योजना गर्न गाउँपालिका धाउनु पर्थ्यो एक दिन खर्चिनु पर्ने वाध्यता थियो तर बिगत दुई सालदेखि गढवा गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता कार्यक्रम सुरु गरेदेखि आफुहरु लाई सहज भएको बताउनुभयो।

योजना सम्झौता गर्न गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,योजना शाखा प्रमुख रेशमलाल शर्मा, प्राविधिक शाखा प्रमुख इन्जिनियर शेषमणी पौडेल, १ नं. वडाका सचिव मधुसूदन पौडेल, योजना शाखाकी बसन्ती चौधरी लगायतकको सिंगो टिम वडा कार्यालयमा पुगेर १७ योजनाको सम्झौता कार्य सम्पन्न गरेको छ । सम्झौता कार्यमा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, वडा सचिव मधुसूदन पौडेल र अन्य कर्मचारीहरुको विशेष सहयोगको साथ सम्पन्न भएको छ।

गढवा गाउँपालिकाको प्रशासनिक कार्यालय वडा नम्बर ६ गढवा बजारमा अवस्थित छ तर गढवा गाउँपालिका वडा नम्बर १,२ र ८ का पालिकाबासीलाई पालिका आउन एक दिन नै लाग्ने गर्छ सेवा ग्राहीलाई एउटा योजना सम्झौता गर्न कम्तीमा एक दिनको समय र आवतजावतका लागि रुपैयाँ खर्च हुने गर्थ्यो तर वडा कार्यालय बाट योजना सम्झौताको कार्य गर्दा सेवाग्राही लाई सहज हुने र एकै दिनमा काम सकिने भएकाले टाढा भएको वडामा वडा कार्यालयबाटै सम्झौताको कार्य गर्ने योजना बनाएको गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो।

विशेषगरी, वडामा सेवा पुर्‍याउन गरिएको यो कार्यले योजना सम्झौताको प्रक्रिया छिटो, पारदर्शी र प्रभावकारी बनाएको अधिकृत पौड्यालले बताउनुभयो। यसबाट दुर्गम क्षेत्रका सेवाग्राहीलाई पालिकाको कार्यालयसम्म आउनु पर्ने झन्झटबाट छुटकारा मिलेको छ-प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले भन्नु भयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID