गढवामा भिटा परियोजनाअन्तर्गत दिगो उद्यमी महिला समूहद्वारा श्रम सहकार्यको उदाहरण

आलोक भावुक

गढवा,९ पुष । गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको मूल समूहका सदस्यहरूको सक्रियतामा आज गढवा गाउँपालिका वडा नम्बर ६, आंटिपाकरमा गठित दिगो उद्यमी महिला समूहले सामूहिक श्रम सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

समूहका सदस्यहरूले आफ्नै समूहकी सदस्य निर्मला चौधरीको १५ कठ्ठा मकैबारीमा सामूहिक रूपमा गोडमेल कार्य गरेका हुन्। आपसी सहयोग, एकता र आत्मनिर्भरताको भावना विकास गर्ने उद्देश्यले गरिएको यस श्रम सहकार्यमा समूहका २० जना सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा वडा नम्बर ६ की सामुदायिक सहजकर्ता आशा श्रेष्ठ सहितको टोलीको समेत उपस्थिति रहेको थियो। सामुदायिक सहजकर्ता श्रेष्ठले महिला समूहहरूबीच सहयोगी भावना, सामूहिक श्रम संस्कृतिको विकास र उद्यमशीलता प्रवर्द्धनमा यस्ता गतिविधिहरू अत्यन्त प्रभावकारी हुने बताउनुभयो।

गढवा गाउँपालिकाले भिटा परियोजना अन्तर्गत महिला समूह निर्माणसँगै आधारशिला तालिम पनि प्रदान गर्दै आएको छ। सो तालिममार्फत समूह सञ्चालन, नेतृत्व विकास, आपसी सहयोग, वित्तीय अनुशासन तथा सामूहिक निर्णय प्रक्रियासम्बन्धी विशेष सहयोगी तालिम दिइएको छ, जसको सकारात्मक प्रभाव आजको श्रम सहकार्यमा स्पष्ट देखिएको सहभागीहरूले बताएका छन्।

महिला समूहका सदस्यहरूले यस्ता सामूहिक गतिविधिले कृषि उत्पादनमा सहजता ल्याउनुका साथै समूहभित्र विश्वास, एकता र आत्मविश्वास बढाएको दिगो उद्यमी महिला समूहकी अध्यक्ष जानकी भुसालले बताउनुभयो। आगामी दिनमा पनि यस्तै श्रम सहकार्य र उद्यममुखी कार्यक्रमलाई निरन्तरता दिने समूहकी अध्यक्ष भुसालले प्रतिबद्धता जनाउनु भयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID