
गढवा,७ पुष। दाङ देउखुरीको गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा सोमबार सम्पन्न भएको छ ।
गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि मंसिर महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले गढवा गाउँपालिका वडा नम्बर १ देखि ८ सम्मका सबै वडामा भएका कार्यक्रमहरुको प्रगति र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । साथै पालिकाको बिभिन्न शाखामा भएको प्रगतीको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले पालिकाले आर्थिक वर्ष २०८२/०८३ को चौमासिक वित्तीय प्रगति(आमदानी) व्यय प्रस्तुत गर्दै गाउँपालिकाले श्रावण देखि मंसिर महिना सम्म चालु खर्च तर्फ २४.५९ प्रतिशत र पुंजिगत तर्फ ७.९१ प्रतिशत गरी कुल १४ करोड ८४ लाख ५७ हजार १९ रुपैयाँ ९९ पैसा अर्थात १८.८४ प्रतिशत खर्च भएको प्रगति प्रतिवेदनमा प्रस्तुत गर्नुभयो।आम्दानी २५.६२ प्रतिशत रहेको छ भने खर्च १८.८४ प्रतिशत खर्च भएको छ। आठ वटै वडा गरी मंसिर महिना सम्मको राजस्व संकलन ५२ लाख ७० हजार ४ सय १३ रुपैयाँ ४३ पैसा भएको छ।
स्थानीय सेवाका विभिन्न समूहका १० जना कर्मचारीको तह वृद्धि गरिएको, कर्मचारी जनप्रतिनिधि र शिक्षक गरी ७७१ जनाको सम्पत्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बुझाइएको, १०४ जना कर्मचारीहरू सेवा करार सम्झौता गरी निरन्तरता दिएको जानकारी दिनुभयो।
२२ जनाको पुन श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएको एकजनाको परिवारलाई बीमा कम्पनी र वैदेशिक रोजगार बोर्डसँग उपलब्ध हुने सहायता रकमको प्रक्रिया अगाडि बढाएको १५ वटा सहकारी संस्थाको विनियम तथा स्वीकृति दिएको, प्रणालीमा आबद्ध भएको प्रतिवेदनमा प्रस्तुत गर्नुभयो। गंगाप्रस्पुर र गोबरडिया स्वास्थ्य चौकीका लागि एक एकजना मेडिकल अधिकृतको बढी आयुर्वेद औषधालयमा फिजियोथेरापी सहितको सेवा प्रवाहका लागि एकजना फिजियोथेरापिस्ट सहायक र समुदाय स्वास्थ्य घर टोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम का जनस्वास्थ्य अधिकृत नयाँ नियुक्ति गरी कामकाजमा लगाइएको सातपटक कार्यपालिका बैठक बसेको, अनलाइन प्रणालीमा दर्ता र चलानी सुरुवात गरिएको प्रस्तुत गर्नुभयो।
सामाजिक सुरक्षा अन्तर्गत पहिलो किस्तामा ४ हजार ६ जनालाई रकम निकासा गरिएको छ भने सम्पत्ति भूमि बहाल अन्य कर नक्सा पास दस्तुर सिफारिस दस्तुर व्यक्तिगत घटना दर्ता दस्तुर नाता प्रमाणित दस्तुर अन्य दस्तुर व्यवसाय रजिस्ट्रेसन दस्तुर विद्युत सम्बन्धी दस्तुर प्रशासनिक दण्ड जरिवाना वाफत अन्य राजस्व व्यवसाय कर गरी ५२ लाख ७० हजार ४१३ रूपैयाँ ४३ पैसा राजस्व संकलन भएको छ।
कार्यक्रममा स्थानिय समुदायले गाउँपालिकाका काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायबाट जनप्रतिनिधि तथा विषयगत प्रमुखवाट दिईएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, गढवा होटल व्यवसायी संघका अध्यक्ष यम बहादुर थापा, माध्यमिक विद्यालय पचहियाका प्रधानाध्यापक योग नारायण चौधरी, डिभेल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल भानु यादव लगायतकाले सल्लाह सुझाव तथा आउनेदिनमा के कस्ता कार्यक्रम र कसरी अघि बढ्ने बारे बिचार राख्नु भएको थियो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्याल,१ नम्बर वडाध्यक्ष बाबुराम अधिकारी, २ नम्बर वडाध्यक्ष भक्तु चौधरी, ४ नम्बर वडाध्यक्ष हरिभगत चौधरी ,५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर,७ नम्बर वडाध्यक्ष राहुल देव चौधरी, निवर्तमान पालिका अध्यक्ष सहजराम अहिर, त्यसैगरी कार्यपालिका सदस्यहरु, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला, महिला समूह, पत्रकार लगायतको उपस्थिती रहेको थियो।
सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो साझा आवाज ८८.३ मेघाहर्ज देउखुरीको सहजिकरणमा सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण रेडियो साझा आवाजका प्रवन्धक निर्देशक दुख हरण यादव, सपना पौडेल, रुन्ननता पौडेल, आलोक भावुकले गर्नु भएको थियो।





