राप्ती प्रेस मञ्चद्वारा धानखोला-लमही सडक खण्ड ४ वा ६ लेनमा स्तरउन्नती गर्न माग गर्दै मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेश

ओमप्रकाश गुप्ता

भालुवाङ ६ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले धानखोला-लमही सडक खण्डलाई ४ वा ६ लेनमा स्तरउन्नतीको माग गरेको छ । मञ्चले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदवार काठमाडौंमा र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।

मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको नेतृत्वमा गएको एक टोलीले प्रदेश सचिव कविन्द्र नेपाललाई सो ध्यानाकर्षण पत्र बुझाएको हो । त्यस्तै मञ्चले राप्ती गाउँपालिकामा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरी र प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकलाई मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको छ । हालको सडकलाई दुई लेनमै सिमित गर्न खोजिएको भन्दै मञ्चको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल सो परियोजना खारेज गरि सो सडक खण्डलाई ४ वा ६ लेनमा स्तरउन्नती गर्न माग गरेको हो ।

लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा प्रस्तावित दुई लेनको धानखोला-लमही सडक खण्डमा एमसिसि परियोजना अन्तरगत एमसीए नेपालले साविकको ७ मि. सडकलाई दायाँ बाँया २.५/२.५ मिटर थपेर १२ मि. मात्र समिति गरि उहि २ लेनकै सडक स्तरउन्नती गर्न खोजिएको प्रति सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

पछिल्लो समय बढ्दो शहरीकरण, सवारी चाप, जनसंख्या वृद्धि, औद्योगिक तथा व्यापारिक गतिविधिको विस्तारलाई मध्यनजर गर्दै उक्त सडक आयोजनालाई सुरु देखिनै ४ वा ६ लेनमा निर्माण गर्नुपर्ने आवश्यकता रहेको मञ्चले बताएको छ । हाल प्रस्तावित दुई लेन सडक भविष्यको आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त नहुने र एमसिसी विवादित परियोजना पनि भएकोले संघिय संसदबाट पास गरि अगाडि बढाइएकोले सो परियोजना खारेजीको माग गरेको हो । सो सडक खण्डले देउखुरी क्षेत्रका विभिन्न बस्ती, कृषि उत्पादन क्षेत्र, उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई जोड्ने भएकाले ४ वा ६ लेनमा निर्माण गरिएमा सवारी आवागमन सहज, सुरक्षित र दिगो हुने छ । साथै, सडक दुर्घटनाको जोखिम न्यूनीकरण हुनुका साथै समय र इन्धनको बचत भई समग्र विकासमा टेवा पुग्ने विश्वास लिएको छ ।

४ वा ६ लेन सडक निर्माणले स्थानीय रोजगारी सिर्जना, क्षेत्रीय व्यापार प्रवर्द्धन तथा लगानीमैत्री वातावरण तयार गर्न सहयोग पुऱ्याउने विश्वास लिइएको छ । दीर्घकालीन दृष्टिले हेर्दा, अहिले नै आवश्यक चौडाइ र संरचना सुनिश्चित गरिएमा भविष्यमा पुनः विस्तार गर्नुपर्ने अतिरिक्त लागत र झन्झटबाट राज्य जोगिन सक्ने छ । यसै सन्दर्भमा एमसिए नेपाल, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग तथा सरोकारवाला सबै पक्षलाई प्रस्तावित धानखोला-लमही सडक आयोजनालाई दुई लेनको सट्टा ४ वा ६ लेनमा सडक निर्माण गर्ने निर्णय गर्न हार्दिक अनुरोध गरेको छ । ध्यानाकर्षण पत्र बुझाउन मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष बलराम शाही(भिसुन), महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सदस्य, सदस्य मोतीराम भट्टराई, सल्लाहकार तुलबहादुर कवर मगर जानू भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID