विद्यार्थीलाई साहित्यीक किताबले सिर्जनशील बनाउँछ : प्रियासन

गणतन्त्र नेपाल समाचारदाता

घोराही,५ पुष । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले विद्यालयले साना बालबालिकाहरुलाई पुस्तक पढ्ने बानीको विकास गर्नका लागि आयोजना गरेको कथा वाचन कार्यक्रम नमूना भएको बताउनुभयो । घोराही–१० नारायणपुरस्थित एप्पल एकेडेमीले शनिबार विद्यालय परिसरमा आयोजना गरेको एप्पल छोटो कथा घर कार्यक्रमको उद्घाटन गर्दै प्रियासनले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रियासनले बालबालिकाहरु स्टेजमा उभिएर कथा, साहित्य, सिर्जनशील कार्यमा सहभागिता जनाउनु नै ठूलो कुरा भएको र यस प्रकारको कार्यले विद्यार्थीलाई पुस्तक पढ्न सहयोग गर्ने, सिर्जनशील बनाउने, जिज्ञासु बनाउने, सकारात्मक चिन्तनको विकास हुने जानकारी दिनुभयो । सानासाना बालबालिकाले पनि समाजमा सकारात्मक छाप छाड्ने खालका बालकथाहरु लेखेर निर्धक्क वाचन गर्नु सकारात्मक कुरा भएको उल्लेख गर्दै प्रियासनले साहित्यले समाज रुपान्तरणमा योगदान

पुराउने भएकाले अभिभावकहरुले घरमा पनि छोराछोरीलाई पाठ्य पुस्तक र ज्ञानबद्र्धक पुस्तकहरु पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरु सिर्जनशील भएपछि मात्र समृद्ध मुलुक निर्माण हुने बताउँदै प्रियासनले आजका बालबालिकाले मुलुकको विकासमा भविष्यमा भूमिका खेल्ने भएकाले उनीहरुलाई अहिले देखि नै सबै क्षत्रमा दक्ष बनाउनुपर्ने धारणा राख्नुभयो । शिक्षा क्षेत्रको विकास र सहभागिता बिना मुलुकको समृद्धि नहुने बताउँदै प्रियासनले यसको लागि विषयगत, उत्पादनमूखी, सिपसहितको शिक्षामा जोड

दिनुभयो । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका प्रियासनले बालसाहित्यको विकासका लागि विद्यालय, अभिभावक अनि समाजको भूमिका अहंम हुने बताउँदै बालबालिकालाई बालसाहित्य हुँदै साहित्यीक क्षेत्रमा दखल राख्न विशेष कार्यक्रम बनाइनुपर्नेमा जोड दिनुभयो ।

राज्यले साहित्यीक विकासका लागि ठोस कदम चाल्न नसकेकोमा गुनासो गर्दै प्रियासनले अबको समाजलाई सही दिसाबोध गर्न साहित्यको विकास अनिवार्य हुनुपर्ने धारणा राख्नुभयो ।

सो अबसरमा बोल्दै सिस्नु पानी नेपालका अध्यक्ष डा. लोकराज पराजुलीले साहित्यीक गतिविधिहरु विद्यालयमा भैरहनुपर्ने धारणा राख्नुभयो । विद्यार्थीहरुमा पुस्तक पढ्ने बानीको विकास नहुँदासम्म पाठ्य पुस्तकको समेत विद्यार्थीले अध्ययन नगर्ने भएकाले विद्यालयले यस प्रकारको कार्यक्रम गरिरहनुपर्ने बताउनुभयो । सो अबसरमा विद्यार्थीहरुले गीतनृत्य समेत प्रस्तुत गरेका थिए । विद्यालयले विद्यार्थी, शिक्षकहरुले बनाएका विभिन्न कलाहरु पनि सो अबसरमा प्रदर्शन गरिएकोथियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका अतिरिक्त विभाग प्रमुख सुनीता वली र प्रिन्सीपल शर्मीला हमालले गर्नुभएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID