गढवा ३ माधवपुर भिटा परियोजनाअन्तर्गत दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण

आलोक भावुक

गढवा,२९ मंसिर । गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनाको निरन्तरतामा आज सोमबार वडा नम्बर ३ माधवपुरमा दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर ३ मा गठन भएकाे लालीगुरास उद्यमीमहिला समुह र कोपिला उद्यमी महिला समुहको संयुक्त आयाेजनामा सम्पन्न भएको कार्यक्रममा महिलाहरूको उद्यमशीलता, पशुपालन क्षमताको विस्तार र आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखि बाख्राहरू लाभग्राही सदस्यहरूलाई प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीले महिलाहरूको सक्रियता र परियोजनाबाट आएको सकारात्मक परिवर्तनप्रति खुशी व्यक्त गर्दै भिटा परियोजना गाउँमा आर्थिक रुपान्तरणको आधार बन्दै गएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो “दोस्रो पुस्ताका बाख्रा फेरि समुदायमै हस्तान्तरण हुनु आफैंमा दिगो विकासको बलियो संकेत हो। महिलाहरू यस्तो मेहनतका साथ उद्यमशीलतामा सक्रिय हुँदा गाउँ आफैँ समृद्ध दिशातिर अघि बढ्छ। यसले आत्मनिर्भरता र साझा जिम्मेवारी दुवैलाई मजबुत बनाउँछ।”

त्यसैगरी भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले परियोजनाले समुदायलाई उद्यमशीलताको बाटोमा अघि बढाएको उल्लेख गर्दै बाख्रा हस्तान्तरण केवल वितरण मात्र नभई जिम्मेवारी र आर्थिक व्यवस्थापन, आत्मनिर्भर र महिला उद्यमशिलता लाई बढावा दिने रहेको बताउनुभयो। उहांका अनुसार “भिटा परियोजनाको मूल लक्ष्य समुदायलाई स्वरोजगार, आत्मनिर्भर, व्यवसायिक उत्पादनमा जोड दिनु रहेको बताउनुभयो ।

सहभागी उद्यमी महिलाहरूले दोस्रो पुस्ता बाख्रा हस्तान्तरणले महिलाहरूको आत्मविश्वास बढाएको, पशुपालन व्यवसायमा सहकार्यको वातावरण निर्माण गरेको र परिवारको आर्थिक सुधारमा प्रत्यक्ष योगदान पुग्ने बताउनु भयो।

गढवा गाउँपालिकाले कृषि तथा पशु विकासको क्षेत्रमा काम गर्नका लागि हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही संग सहकार्य गरेर भिटा परियोजना कार्यक्रम सञ्चालन गरेको छ। सो कार्यक्रमबाट प्रत्यक्ष रुपमा कृषि तथा पशुपालन किसान लाभान्वित भएका छन्।

कोपिला उद्ममी महिला समुहकाे अध्यक्ष सम्पत्ति चाैधरीको अध्यक्षता गढवा गाउँपालिका वडा नम्बर ३ के वडाध्यक्ष तुलसीराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा वडा सदस्य प्रमिला नेपाली, भिटा परियोजना कार्यक्रम संयाेजक वसन्त कुमार शर्मा, सामुदायिक सहजकर्ता कैलाश चाैधरी ,जयकला वि.क., अभिशेक गिरी, यमुना सुबेदी, माया चाैधरी, सन्दिप कहार र समूहका सदस्य लगायत ५४ जना भन्दा बढीको सहभागिता रहेको थियोे।

कार्यक्रममा १५ वटा पाठी बाख्रा उपहार गरिएको हो। समुहको प्रगति प्रतिवेदन शिबा थापामगरले प्रस्तुत गर्नु भएको थियो।

लालिगुराँस उद्यमी महिला समूहकी सदस्य सिता कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लालिगुराँस उद्यमी महिला समूहकी उपाध्यक्ष सीता चाैधरीले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID