प्रियासनका चारकृति छ महिनामै सार्वजनिक

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ  । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नुभएका उपन्यासकार सबिन प्रियासनले यस वर्ष ६ महिनामै चारवटा कृतिहरू बजारमा ल्याउनुभएको छ। प्रियासन्ले यस वर्ष तीनवटा उपन्यास र एकवटा कविता संग्रह बजारमा ल्याउनुभएको हो। गत जेठ ३१ गते कडी उपन्यास प्रकाशन गर्नुभएका प्रियासनले कार्तिक २ गते कालोमन, मङ्सिर १८ गते नयाँ लुगा उपन्यास प्रकाशित गर्नुभएको थियो।

यसैगरी मङ्सिर २५ गते उहाँले केपी शर्मा ओली समृद्धिका महानायक नामक कवितासँग काठमाडौँमा विमोचन गर्नुभएको हो। उक्त कृतिलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको थियो। प्रियासनका अन्य तीन उपन्यास दाङको घोराहीमै विमोचन भएका हुन् । हालसम्म १३ वटा उपन्यास, एउटा कथा संग्रह, एउटा सम्पादकीयको सङ्ग्रह र एउटा कविता संग्रह बजारमा छन् । प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै सर्वाधिक उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने घोषणा समेत गरिसक्नुभएको छ।

पत्रकारितामा समेत सक्रिय प्रियासन जिल्लाका विभिन्न तह हुँदै हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव हुनुहुन्छ। साहित्य लेखनमा योगदान पुर्याएको भन्दै उहाँ राज्यबाट विभूषित समेत भइसक्नुभएको छ । प्रियासन्ले अब के पाए के गुमाए उपन्यास बजारमा ल्याउने जनाउनुभएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID