प्रियासनले निकाल्दै ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ कविता संग्रह

गणतन्त्र नेपाल समाचारदाता

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ ।

मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा समेटिएको साहित्यकार प्रियासनको भनाइँ छ ।

काठमाडौंमा विमोचन गर्ने तयारी गरिएको उक्त कविता संग्रहमा ५३ वटा कविताहरु समावेश गरिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहनु भएका प्रियासनले प्रेस चौतारी नेपालको दुईपटक केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । विभिन्न सामाजिक अभियानहरुमा पनि जोडिनु भएका प्रियासनले यसैवर्ष तीन वटा उपन्यास प्रकाशन गरिसक्नु भएको छ । उहाँको १३ वटा उपन्यास, एकवटा कथा संग्रह, एक वटा सम्पादकीय संग्रह र थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । बजारमा प्रकाशनको तयारीमा रहेको कविता संग्रहमा देशको समृद्धि, सुशासन, सम्भावनाका थुप्रै विषयबस्तुहरु पूर्व प्रअ ओलीसँग जोडिएर लेखिएको प्रियासनको भनाइँ छ ।

कविता संग्रहमा एमाले महासचिव शंकर पोख्रेलसहित केही नेता र पत्रकारहरुको शुभकामना समेत समावेश गरिएको छ । कविता संग्रहको लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबाट आइएसबिएन नम्बर पनि ल्याई सकिएको प्रियासनले जानकारी दिनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID