
जनकपुरधाम : मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मंशीर २१ गते आइतबार महतोलाई पदबाट हटाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम आजैदेखि लागू हुने गरी पदमुक्त गरेको उल्लेख छ।
महतो जनमत पार्टी नेतृत्वको सतीशकुमार सिंहको सरकारमा जनमतको कोटाबाट मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध नेपाली कांग्रेससहित ७ दलले सर्वोच्च अदालतमा रिट दिएपछि मधेश सरकारका तर्फबाट बहस गरेका थिए।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




