आयाम सहकारीद्वारा क्षमता अभिवृद्धि तालिम तथा ‘सहारा बचत खाता’ शुभारम्भ

गणतन्त्र नेपाल समाचारदाता

गढवा,२० मंसिर । आयाम बहुउद्देश्यीय ऋण तथा बचत सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य तथा कर्मचारीहरूको वित्तीय क्षमता वृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तालिम तथा ‘सहारा बचत खाता’ शुभारम्भ कार्यक्रम सनिवार गढवामा सम्पन्न भएको छ।

आर्थिक अभ्यासलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउन सदस्यलाई विभिन्न महत्त्वपूर्ण विषयमा प्रशिक्षण प्रदान गरेको संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले जानकारी दिनुभयो।

कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रकाश बसेलले सहकारीका मुल्य मान्यता, नैतिक मूल्य, पल्स सिद्धान्त, कोपोमिस नियम–सिद्धान्त, वित्तीय अनुशासन, तरलता कायम राख्ने प्रावधान, बचत तथा ऋण कार्यविधि, कर्मचारी नियमावली, पारिवारिक बचत कार्यविधि लगायत विषयमा व्यावहारिक प्रशिक्षण दिनुभयो।

सहकारीले सञ्चालन गर्ने नियमित मासिक, दैनिक, तलब, ऐच्छिक, मुद्दति, बाल बचत, जेष्ठ नागरिक , समूह बचत तथा शेयर लाभांश खाता बारे समेत विस्तृत जानकारी गराइएको थियो।

वार्षिक एक हजार रुपैयाँ बचत तथा २५० रुपैयाँ नवीकरण शुल्कमा सञ्चालन हुने पारिवारिक बचत खाताले दीर्घकालीन वित्तीय सुरक्षामा टेवा पुर्याइरहेको सहकारीले उल्लेख गरेको छ।

साथै आजबाट सहकारीले हालै सार्वजनिक गरेको ‘सहारा अमृत खाता’ कार्यक्रम रहेको थियो। एक सय रुपैयाँमा सुरु हुने यो विशेष खाता शेयर सदस्यका लागि मात्र उपलब्ध छ। मासिक नियमित बचतका आधारमा संयोजित ब्याज लागू हुने यस योजनामा सात दिनसम्म ढिलाइ भए २ प्रतिशत बिलम्ब शुल्क लाग्नेछ। अत्यधिक अनियमितता भए खाता बन्द गरी सावा रकम मात्र फिर्ता गरिने तथा जम्मा भएको ब्याजमध्ये ४० प्रतिशत सदस्यलाई र ६० प्रतिशत संस्था तर्फ विविध आम्दानीमा राखिने व्यवस्था गरिएको छ।

१० देखि २५ वर्षसम्मको अवधिमा सञ्चालन हुने सहारा अमृत खातामा ब्याजदर ९.५ प्रतिशतभन्दा बढघट नहुने प्रावधान राखिएको छ। दीर्घकालीन वित्तीय सुरक्षालाई लक्षित यस योजनालाई संस्थाले “बुढेसकालको सहारा”का रूपमा विकास गरिएको जनाएको छ। आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा हाल‌ करिब पच्चिस सय सदस्य आवद्ध रहेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID