गढवामा २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईयो़

आलोक भावुक

गढवा, २० मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिकामा २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको छ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज बिहिवार २२औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको हो।

विविध स्वास्थ्य क्रियाकलापहरुमा स्वस्थ समुदायको निर्माण, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान भन्ने मुल नाराका साथ आज २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।

गढवा स्वास्थ्य गढवा-६ गढवा,गंगाप्रसपुर स्वास्थ्य चौकी गढवा – ५ बाकी, गोबरडिहा सामुदायिक चौकी गढवा-१ जेठानगांउमा बिभिन्न कार्यक्रमहरु गरी २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको प्रमुख चौधरीले बताउनुभयो।

दिवश मनाउने क्रममा स्वयम सेविकाहरु स्वास्थ्य चौकीहरु बाट प्ले कार्ड बोकेर सोहि कार्डमा लेखिएका नारा लगाउदै गाउं सडक परिक्रमा गरि कार्यक्रम स्थल पुगेका थिए।

र्याली कार्यकममा गढवा गाउँपालिका स्वास्थ्य चौकीका प्रमुखहरु, महिला स्वास्थ्य स्वयमसेविका, सम्बन्धीतका वडा जनप्रतिनिधि लगाएतको सहभागिता रहेको थियो।

महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्‍याउने उद्देश्यले वि सं २०४५ सालदेखि यो कार्यक्रम सुरु भएको हो।

महिला स्वास्थ्य सेविकाले देशभर प्रजनन स्वास्थ्य जस्तै परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी, प्रजनन रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरू, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरू, व्यक्तिगत सरसफाइ तथा जनस्वास्थ्य अभियानहरू लगायतका कार्य गर्दै आएका छन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID