
काठमाडौं, १४ मंसिर। निर्वाचन आयोगले आगामी निर्वाचनका तयारीका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको थियो।
तर अर्थ मन्त्रालयले आयोगको मागअनुसार बजेट स्वीकृत नगरी ४ अर्ब ९६ करोड रुपैयाँ मात्रै अनुमति दिएपछि आयोग असन्तुष्टि व्यक्त गरिएको छ।
आयोगका अनुसार बजेट कटौतीका कारण निर्वाचनका विभिन्न तयारी, जनशक्ति व्यवस्थापन, सामग्री खरिद तथा प्राविधिक पूर्वाधार विकासमा चुनौती बढ्ने भएकाले मागअनुसारको रकम आवश्यक थियो।
तर स्वीकृत रकम फरक परेपछि आयोगले सरकारसँग पुनः ध्यानाकर्षण गराउने तयारी गरिरहेको जनाइएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




