
दाङ,१२ मंसिर । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार सबिन प्रियासनले नवविवाहित दुलहा दुलहीलाई आफ्नो उपन्यास उपहार दिनुभएको छ ।
घोराही–१४ नयाँ बजारस्थित घोराही उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख मदनकुमार वली र बिमलाकुमारी वलीका सुपुत्र एमबिबिएस अध्ययनरत दीलिपसेन वलीको काठमाडौं बीर हस्पिटलमा बिएन नर्सिङ पदमा कार्यरत काठमाडौं निवासी जेसिका पाठकसँग वैवाहिक कार्यक्रममा उपन्यासकार प्रियासनले आफ्नो कडी उपन्यास उपहार स्वरूप दिनुभएको हो ।
सो अवसरमा प्रियासनले नवदम्पतिलाई समाज घरपरिवार र देश प्रति समर्पित भएर जिन्दगी अगाडि बढाउन सुझाव दिनुभएको थियो। पछिल्लो समय प्रियासनले चाहे विवाह होस्, चाहे जन्मदिन अथवा शुभ कार्यमा आफूले लेखेको उपन्यास यसैगरी उपहार स्वरूप दिँदै आउनुभएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




