गढवा कालाकाटेको मलमला र बनघुस्री सडक खण्डमा क्याप पिकअप दुर्घटनाग्रस्त, गाडीमा आगलागी

आलोक भावुक

गढवा,९ मंसिर । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे बाट गढवा तर्फ जाँदै गरेको सेतो हाइलक्स जस्तो देखिने डबल क्याप पिकअप गाडी आज बिहान मलमला र बनघुश्रीबीचको कठाहा क्षेत्रमा लडेर क्षतिग्रस्त अवस्थामा फेला परेको छ।

स्थानीय पदयात्रीहरूका अनुसार गाडी सडक छेउमा उल्टिएझैँ भई बिग्रिएको अवस्थामा भेटिएको हो। घटनास्थल नजिक गाडीमा आगो लागेको अवस्था देखिएपछि आसपासका मानिस भयभित भएका थिए।

उक्त गाडीमा कोही पनि चालक वा व्यक्ति भेटिएको छैन, जसका कारण दुर्घटनाको वास्तविक अवस्था, समय र कारण बारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

पदयात्रामा रहेका प्रत्यक्षदर्शीहरूले बताए अनुसार, “हामी पुग्दा कालाकाटे चेकपोस्टका इन्चार्ज घटनास्थलमै उपस्थित भएर प्रारम्भिक अनुसन्धान गरिरहेका थिए।”

चेकपोस्टले गाडीको नम्बर, चालकको अवस्थाबारे तथा आगलागीको कारणबारे तथ्य संकलन गर्न प्रक्रिया अघि बढाइरहेको बताइएको छ।

यस दुर्घटनाले बिहानै गढवा–लमही सडक खण्डमा यात्रु तथा स्थानीयवासीमा त्रास फैलिएको छ। विस्तृत विवरण प्रहरीको आधिकारिक रिपोर्ट आएपछि मात्र पुष्टि हुने जनाइएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID