गढवाको – ७ मानपुरमा मोटरसाइकल दुर्घटना, एक जना घाइते

आलोक भावुक

गढवा, २ मंसिर। गढवा गाउँपालिका–७ मानपुरमा आज मंगलबार साझ ६ बजे मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ४२ वर्षीय श्रवण कुमार यादव (साधु) घाइते भएका छन्।

स्थानीयका अनुसार यादवलाई अज्ञात नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्कर दिएपछि चालक मोटरसाइकलसहित फरार भएको र उसको पहिचानका लागि खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा यादवको दाहिने खुट्टा भाँचिएको छ। हाल उनको गढवा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

घटनाबारे थप विवरण प्राप्त हुने क्रम जारी छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID