बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

*बंगलादेशको अदालतले विद्यार्थी आन्दोलन दबाएको आरोपमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनायो। *अदालतले हसिनालाई मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै ड्रोन प्रयोग र हेलिकप्टरबाट बम खसाल्न अनुमति दिएको जनायो। *शेख हसिना हाल भारतमा छिन् र उनी सुनुवाइ प्रक्रियामा उपस्थित थिइनन्।

गणतन्त्र नेपाल समाचारदाता

ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो ।

बंगलादेशमा नरसंहारका आरोपित तीन जनामध्ये एक जनामात्र अदालतमा उपस्थित

बंगलादेशमा नरसंहारका आरोपित तीन जनामध्ये एक जनामात्र अदालतमा उपस्थित

न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त मुद्दामा फैसला सुनाएको हो ।

उक्त मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएको थियो । अदालतले तीनै जनालाई कसुरदार मानेको छ ।

विद्यार्थी आन्दोलन दबाउन शेख हसिनाले के–के गरेकी थिइन् ? अदालतको यस्तो छ ठहर

विद्यार्थी आन्दोलन दबाउन शेख हसिनाले के–के गरेकी थिइन् ? अदालतको यस्तो छ ठहर

प्रदर्शन दबाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएको, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएकोसमेत इजलासले ठहर गरेको छ ।

शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर

शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर

अदालतले यस क्रममा ५४ जनाको बयानलाई आधार मानिएको पनि प्रस्ट पारेको छ । हसिना अदालतको यो सुनुवाइ प्रक्रियामा सामेल भइनन्

। उनी हाल भारतमा छिन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID