गढवा गाउँपालिकामा राप्रपाको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

प्रिया स्मृति गजमेर

दाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ–१ अन्तर्गत गढवा गाउँपालिकाको अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले तुला बहादुर सिंहको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा असर्फीलाल यादव, बुद्धि कुमारी सुनार र अब्दुल हलिम चयन भएका छन । त्यस्तै सचिवमा जागेश्वर रिजाल, सहसचिवमा मन्जिता चौधरी, कोषाध्यक्षमा रत्ना चौधरी रहने भएका छन । सदस्यहरूमा शान्ति कुमाल, बहिदार चौधरी, घनश्याम यादव, पदमा श्रेष्ठ, मालिका चौधरी, निम बहादुर राना मगर, मनोज देवकोटा, सीताराम यादव, महेन्द्र केसी, जग बहादुर चौधरी र इन्दर चौधरीलाई चयन गरिएको छ ।

अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी १५ जना व्यक्तिले राप्रपाको सदस्यता ग्रहण गरेका छन । कार्यक्रममा प्रमुख अतिथि तथा राप्रपा केन्द्रीय सदस्य देवी घिमिरेले युवा सहभागिता बढ्दै गएको उल्लेख गर्दै ठूला दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको दाबी गर्नु भयो । जनताले वैकल्पिक दलप्रति आकर्षण देखाउन थालेको उहाँको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ–१ का सभापति विनय बुढाथोकीले शक्ति र पहुँचको दम्भमा चलेका ठूला दलका कारण देश अस्तव्यस्त बन्दै गएको आरोप लगाउनु भयो । “राज्यका हरेक निकायहरू नातागोता भर्ना केन्द्र बनेपछि जनतामा गहिरो निराशा छाएको छ,” उहाँले भन्नु भयो । यस्तो प्रवृत्तिको अन्त्य गर्दै ठूला दललाई तह लगाउने समय आएको उहाँको तर्क थियो । उहाँले सुशासन, पारदर्शिता र जिम्मेवार नेतृत्व नै जनताको प्रमुख अपेक्षा भएको बताउनु भयो ।

कार्यक्रममा सरिता देवकोटा, विश्वदेव शाहलगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो । राप्रपा दाङ क्षेत्र नम्बर १ का सभापति विनय बुढाथोकीका अनुसार नयाँ पदाधिकारी चयन गर्दा आदिवासी, जनजाति, दलितलगायत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID