जुकाको औषधि घाँटीमा अड्किएर दाङको गढवामा १८ महिने बालिकाको मृत्यु

आलोक भावुक

दाङ, २१ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।

गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो।

राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको औषधि खाँदै गर्दा घाँटीमा अड्किएको र सोही कारण दुई मिनेटमै बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिन गई मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शवको पोष्टमार्टम राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा गरी शव परिवार लाई बुझाईएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID