गढवा गाउँपालिका,जनप्रतिनिधि तथा कर्मचारी द्धारा मृतक परिवारलाई नगद तथा खाद्यन्न सहयोग

आलोक भावुक

गढवा,३० असोज। गढवा गाउँपालिका, जनप्रतिनिधि तथा कर्मचारीहरु द्वारा संकलित नगद तथा गढवाको कार्यालयको तर्फबाट खाद्यान्न मृतक परिवारलाई खाद्यन्न बुधबार हस्तान्तरण गरिएको छ।

गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी गोवर्धन कुमालका ४५ वर्षीय श्रीमती कमला कुमालको उपचारका क्रममा असामायिक निधन भएको थियो । चार्डपर्वको समयमा घरमुलीको निधनलै परिवारमा ठुलो संकट परेको थियो। आर्थिक अवस्था निकै कमजोर भएको साथै गत असोज १६ श्रीमती गुमाएका गोवर्धन कुमालको परिवारलाई बुधवार गढवा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको तर्फबाट आर्थिक सहयोग संकलन गरी २६ हजार ५ सय र पालिकाको तर्फबाट चामल, दाल र तेल परिवारलाई हस्तान्तरण गरिएको हो।

ज्वरोका कारण बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा श्रीमती कमला कुमालको ज्यान गएपछि अझै समस्यामा परेको कुमाल परिवारलाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडा नम्बर १ को वडाध्यक्ष बाबुराम अधिकारी सहितको टिमले कुमालको घरमै पुगेर नगद तथा खाद्य सामाग्री सहयोग गरेको हो ।

परिवारको आर्थिक अवस्था नाजुक रहेकाले उपचारका क्रममा अस्पतालमा तिर्न बाकी रकममा सहयोग पुग्ने हिसावले गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी र गढवा गाउँपालिका प्रेस संयोजक उमानाथ यादव (आलोक भावुक) को पहलमा आर्थिक सहयोग संकलन गरी परिवार लाई बुझाईएको हो।

२० दिन देखि लगातार ज्वरोले नछोडेपछि स्थानीय मेडिकल हुँदै बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा गत असोज १६ गते कमलाको निधन भएको हो । ९० वर्षिय आमा, आफु र १ छोरा सँगै बस्दै आएका कुमाल परिवारको घरको अवस्था निकै कमजोर भएको र मृतक श्रीमतिलाई समेत बुटवलबाट घर सम्म ल्याउने पैसा समेत नभएपछि पिडित परिवारले सहयोगको हात फैलाएको र त्यै अनुसार चारैतिर बाट आर्थिक सहयोगका लागि अनुरोध गरिएको थियो।

गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु गरी ३५ जनाबाट नगर २६ हजार ५ सय नगद र ५० किलो चामल, १० किलो दाल र ५ लिटर खानेतेल सहयोग गरिएको हो।

सहयोगीहरु

१) यम नारायण शर्मा पोख्रेल -१५००(पालिका अध्यक्ष)
२)बाबुराम अधिकारी -१००५ (वडाध्यक्ष १ नं.) समन्वयकर्ता
३) आलोक भावुक – ५४९ (पत्रकार ) समन्वयकर्ता

४) ओम प्रकाश चौधरी -५०५। (जनप्रतिनिधि)
५) प्रेरणा चन्द -१००५ (महिला बालबालिका शाखा)
६) पुलनदेवी चौधरी -१५०५ (कृषि विकास शाखा)
७) शम्भु चौधरी- १५५५ (जिन्सी शाखा)
८) आकार ज्ञवाली- ५०५ (मनोपरामर्श दाता)
९) सत्यपाल यादव-५५० (रोजगार सहायक)
१०) ई. राम मल्ल- ५५० (ईन्जिनियर)
११) काशिनाथ पौडेल -५०० (योजना शाखा)
१२) शेषमणि पौडेल- २५०० (ईन्जिनियर)
१३) मधुसूदन पौडेल -५०५ (वडा नं.१ सचिव)
१४) शिवचरण चौधरी -५०५ (वडा नं.७ सचिव)
१५) राम नरेश यादव -५२५ (वडा नं.५सचिव)
१६) नदिम मनिहार -५०० (रोजगार शाखा प्राविधिक)
१७) शिव चौधरी -५०१ (वडा नं.३ का.सचिव)
१८) श्याम बहादुर बिक‌‌‌ -१५०५ (शिक्षा शाखा)
१९) बाबु यादव -५५५ (भिटा परियोजना)
२०) युवराज कुमाल-५५५ ( कर्मचारी)
२१) नारायण सुबेदी -५५० (अमिन)
२२) हेमराज पुन-५५० (कृषि विकास शाखा)
२३) बिष्णु बिसी-५५५ (वडा नं.६ सचिव)
२४) लेख बहादुर थापा -१००५ (वडाध्यक्ष ५ नं.)
२५) कृष्ण प्रसाद पौड्याल -१००५ (प्रमुख प्रशासकीय अधिकृत)
२६) रविलाल माझी -१०१५ (शिक्षा शाखा)
२७) शुरेस पौडेल- ५०५ (संघ‌सस्था शाखा)
२८) मदन खनाल- ५०० ( नापी शाखा)
२९) कर्ता राम यादव -१०५१ (कृषि विकास शाखा)
३०) भरत केसी -५०५( प्रशासन शाखा)
३१)बिनु भुजेल -५०० (उद्यम विकास शाखा)
३२) मान बहादुर नेपाली- ५०५ ( कार्यापालिका सदस्य)
३३) निहारिका चौधरी -५०५( कृषि विकास शाखा)
३४) द्रोपदा सुबेदी -५०५( स्वास्थ्य शाखा)

जम्मा २६५००/- (छब्बिस हजार पाँच सय रुपैयाँ)

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID