
दाङ, २० असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको संख्या यो वर्ष उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा वहिरंग र अन्तरंग गरी २ लाख १८ हजार ७९ जना बिरामीले सेवा लिएका छन्।
गत वर्ष यो संख्या १ लाख ७६ हजार ९७४ मात्र थियो । विशेषज्ञ सेवा र अत्याधुनिक उपकरण थपिँदै गएपछि सेवा विस्तार भएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।
उनका अनुसार प्रतिष्ठानले न्युरो सर्जरी सेवा सुरु गरेको छ भने मंसिरभित्र क्याथ्ल्याब सेवा सुरु गरी मुटु रोगको उपचार प्रारम्भ गरिनेछ । युरोलोजी र युरो सर्जरी सेवा सञ्चालनमा छन् ।
हाल प्रतिष्ठानमा ३२० शैया चालु छन् र यसै वर्ष ४०० शैयाको नयाँ अस्पताल भवन निर्माण सुरु हुने तयारीमा छ । सामुदायिक सेवाअन्तर्गत रोल्पाको होलेरी र त्रिवेणिमा पनि सेवा विस्तार गरिएको छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




