गढवा–६ थानदेउखुरीमा जनप्रतिनिधि–जनता भेटघाट, टोल विकास संस्था गठन

आलोक भावुक

गढवा, ८ असोज । गढवा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा आज थानदेउखुरीमा जनप्रतिनिधि–जनता भेटघाट तथा विशेष कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा थानदेउखुरी टोल विकास संस्था समेत गठन गरिएको छ।

स्थानियहरूको सहभागितामा सम्पन्न कार्यक्रममा भागवत कुमार यादवको अध्यक्षतामा नौ सदस्यीय टोल विकास संस्था गठन गरिएको हो। जसमा उपाध्यक्षमा बासमती यादव, सचिवमा दिलाराम यादव, सहसचिवमा दयाराम यादव, कोषाध्यक्षमा रेनु यादव तथा सदस्यहरूमा विष्णु यादव, गुरुप्रसाद यादव, मायादेवी यादव र बालिका यादव रहेका छन्।

त्यसैगरी टोल विकास संस्थालाई अनुगमन तथा सुझाव दिने उद्देश्यले सन्तराम यादवको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ। जसमा रामविराज यादव, श्रीराम यादव, शिवप्रसाद यादव र मायाराम यादव सदस्य रहेका छन्।

कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आलेमगरले टोल विकास संस्था गठनले गाउँको विकास योजनामा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित हुने बताउनुभयो। उहाँले “सहभागितामूलक विकासले मात्र दीगो परिणाम दिन्छ, त्यसैले टोलस्तरमै संस्थागत संरचना बनेपछि वडाका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुनेछन्,” भन्नुभयो।

कार्यक्रममा वडा सदस्य दिनामणि आचार्य, गोविन्द रोका मगर लगायतको समेत सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव विष्णु बिसीले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID