गढवामा खसीबोकाको सामुहिक बजारीकरण, किसानको घरघरमा पुगेर खरिद

आलोक भावुक

गढवा, ७ असोज। गढवा गाउपालिका द्वारा संचालित भिटा परियोजना अन्तर्गत गठन भएकाे श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा खसी बाेकाकाे सामुहिक बजारीकरण कार्यक्रम सुरु भएको छ।

गढवा गाउँपालिकाको कृषि एम्बुलेन्स मार्फत गढवा का बिभिन्न वडामा किसानका घरघरमा पुगेर नापतौल गरी खसिबोका खरिद गराएको हो।

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाले गढवा गाउँपालिकाका बिभिन्न वडाबाट ९२ वटा खसिबोका खरिद गरिएको सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिनु भयो।

२ हजार ७ सय ६० किलो जसको १४ लाख ६२ हजार ८ रुपैयाँ बराबरको खरिदबिक्री गरेको अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिनुभयो।

एउटा दुईवटा खसी बोका पाल्ने किसानलाई कहाँ कसरी बेचम भन्ने पिर हुन्थ्यो । तर गाउँभरिका खसीबोका एकैपटक बजारीकरण गर्न सहकारीले कार्यक्रम बनायो । जसबाट अहिले गाउँघरका खसीबोका बिक्री गर्न सहजता आएको छ अध्यक्ष रावतले भन्नुभयो ‘सबैको सहकार्यमा व्यापारीको खोजी गर्ने र गुणस्तरीय खसीबोका बिक्री गर्ने हाम्रो योजना हो । सोही अनुसार काम भइरहेको छ – अध्यक्ष रावत क्षेत्रीले भन्नुभयो।

गढवा गाउँपालिका भिटा परियोजनाकाद्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकोले कृषकहरुसंग २० किलो भन्दा कम तौलको खसी ४ सय ७० रुपैयाँ प्रतिकिलो, २० देखि ३० किलो सम्मका ५ सय ३०रुपैया प्रतिकिलो, ३० देखि ४० किलो तौल सम्मको ५ सय ४० र ४० किलो भन्दा माथीका बोका ५ सय ५० रुपैया प्रतिकिलो औषत ५४० रुपैयाँ प्रति किलोको दररेटमा खरिद गरेको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।

गढवा गाउँपालिकाले नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङ संग खरिद गर्ने सहमति भएता पनि जेन जी आन्दोलनको कारण देखाउदै नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले खरिद नगर्ने जानकारी दिएपछी गाउँपालिकाले बाहि्य ब्यापारी संग समन्वय गरेर खसिबोकाको सहज बजारीकरणको कार्य अघि बढाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो। किसानले उत्पादन गरेका कृषि तथा पशु बजारीकरण पालिकाको पहिलो प्राथमिकतामा रहेको बताउदै पालिका अध्यक्ष पोखरेलले उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादन बजारीकरण गर्न‌पालिकले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

गाउँघरमा पुग्ने व्यवसायीले आफै मूल्य तोक्ने र खरिद गर्दै आउँदा किसान ठगिने अवस्था थियो । तर अहिले स्थानीय सरकारले खसीबोकाको सामूहिक बजारीकरण गर्न थालेपछि किसानले ढुक्कसँग खसीबोका बिक्री गर्न पाएको गढवा गाउँपालिका वडा नम्बर २का कमला चौधरीले बताउनुभयो।

गढवा गाउँपालिकाले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम लागु गरेपछी महिला उद्यमी तथा किसान व्यावसायिक बाख्रा पालनमा जोडिएका छन् । बाख्राको खोर सुधारदेखि नश्ल सुधार तथा पालनमा नयाँपन दिएपछि खसीबोका तयार हुने क्रम बढेको स्थानीय कृषकहरु बताउछन् । उत्पादन बढे संगै बजारीकरणको समस्या नहोस् भनेर गढवा गाउँपालिका, भिटा परियोजनाका द्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले खसीबोका किनबेच गर्ने व्यापारीहरु संग सहकार्य गरी सामुहिक बजारीकरण कार्यक्रम निरन्तर गरिरहेको छ।

आफुले आफ्नै घर आंगनबाट आफ्नै आँखा अगाडि तौलिएर खसीबोका बिक्री गर्ना पाउदा बाख्रा पालक कृषकहरु हर्षित भएका छन्। गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजना मार्फत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाले गढवा गाउँपालिकाको सबै वडामा सामुहिक खसीबोका बजारी गर्ने लक्ष्य राखेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष शाेभा रावतले जानकारी दिनुभयो।

गत बर्ष सहकारीले खसिबाेका मदाने चिस्यान केन्द्र, रुपन्देहिलाई बिक्री गरिएकाे थियो भने यस पटक बाहृय ब्यापारी मार्फत काठमाडौं पठाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID