
गढवा, ७ असोज । गढवा गाउँपालिका ५ बाँकी निवासी २४ वर्षीया एक युवतीलाई गाउँपालिकाले आज उद्दार गरी निलसागर सेवा आश्रम नेपालगञ्ज पठाएको छ।
उक्त युवती विगत चार वर्षदेखि मानसिक समस्याबाट पीडित रहँदै आएकी थिइन्। परिवारको आर्थिक अवस्था सामान्य नभएकाले उचित उपचार र रेखदेख गर्न कठिनाई भईरहेको अवस्थामा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको पहलमा र वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापाको समन्वयमा उद्दार कार्य सम्पन्न गरिएको हो।
आठ कक्षा पास गरेकी ती युवती पछिल्ला वर्षमा मानसिक सन्तुलन बिग्रिएको कारण परिवारकै अनुरोधमा सुधार गृहमा पठाइएको गाउँपालिकाले जनाएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




