सरकारको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतक परिवारलाई १० लाख क्षतिपूर्ति

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ , २९ जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै मन्त्रिपरिषद्को पहिलो निर्णयमार्फत यो व्यवस्था गर्नुभएको हो।

सरकारको निर्णयबारे जानकारी दिँदै मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतक परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको जनाउनुभयो।

प्रधानमन्त्री कार्कीले आन्दोलनमा ज्यान गुमाएका परिवारलाई सहयोग उपलब्ध गराउनु सरकारको नैतिक जिम्मेवारी भएको बताउँदै आगामी दिनमा घाइतेहरूको उपचार र प्रभावितलाई पुनःस्थापना गर्ने विषयमा पनि आवश्यक निर्णय लिइने आश्वासन दिनुभएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID