
काठमाडौं, भदौ २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जेएनजी पुस्ताको आह्वानमा गरिएको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी नागरिकमाथि भएको प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि भएको प्रहरी दमनप्रति कडा आपत्ति जनाइएको छ। विज्ञप्तिमा दमनका क्रममा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरिएको छ।
पार्टीले जेएनजीले उठाएका भ्रष्टाचारविरोधी मागहरू न्यायसंगत र जनपक्षीय भएको भन्दै ती मागहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, “ती मागहरूलाई जिम्मेवारपूर्वक सम्बोधन गर्नका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।”

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




