वाईसिएल नेपालको लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु 

आलोक भावुक

गढवा,२० भदौं। नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक दाङ देउखुरीको गढवा गाउँपालिक शुक्रबारदेखी सुरु भएको छ।

योङ कम्युनिस्ट लिग (YCL) नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक शुक्रबारदेखी गढवामा सुरु भएको छ।

योङ कम्युनिस्ट लिग (YCL) नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यमा सुरु भएको छ।

बैठकमा लुम्बिनी प्रदेशका १२ जिल्लाका वाईसिएल नेपालका सदस्यहरुको बाक्लो सहभागिता रहेको छ। बैठकमा १२ वटै जिल्लाको रिपोर्टिङ हुने र त्यसमाथी बृहत रुपमा छलफल‌ हुने वाईसिएल नेपाल गढवाले जनाएको छ।

दुई दिन सम्म चल्ने बैठक शुक्रबार जिल्ला रिपोर्टिङ र छलफल हुने छ भने सनिवार गढवा गाउँपालिका वडा नम्बर ४ राप्ती नदी तटिय क्षेत्रहरूमा बृहत रुपमा बृक्षारोपण गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्री गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेले जानकारी दिनुभयो। राप्ती नदी तटबन्धको क्षेत्रमा सौन्दर्यकरणका लागि करिब एक हजार बृक्षारोपण गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

दोस्रो बैठकमा पार्टी वाईसीएल प्रदेश समितिका पदाधिकारी र १२ वटै जिल्लाका प्रदेश कमिटी सदस्यहरूको उपस्थिति रहेको छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष माधव बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रदेश कमिटीका सचिव दल बहादुर गुरुङले गर्नु भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID