लोडसेडिङको अन्त्य आफ्नो राजनीतिक आँट र नेतृत्वको निर्णयको परिणाम हाे- प्रचण्ड

उनले माओवादी नेतृत्वमा गणतन्त्र, राष्ट्रिय गौरवका आयोजना, शिक्षा र निजामती सेवा विधेयक अघि बढेको पनि स्मरण गरे।

आस्था केसी

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले गणतन्त्र स्थापनापछि पहिलो सरकारले ऊर्जा र कृषिलाई आधारभूत प्राथमिकता दिएको स्मरण गर्दै, लोडसेडिङको अन्त्य आफ्नो राजनीतिक आँट र नेतृत्वको निर्णयको परिणाम भएको बताए।

प्रचण्डले कुलमान घिसिङलाई ऊर्जा प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णयलाई परम्परागत ढाँचा भत्काएर नयाँ, जनपक्षीय सेटिङ बनाउने साहसपूर्ण कदमको रूपमा प्रस्तुत गरे। उनले पुराना कानुन, नियम र नौकरशाहीमा रहेका अवरोधलाई हटाएर ऊर्जा विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए।

त्यसैगरी, स्व. पोस्टबहादुर बोगटीको योगदानलाई सम्झाउँदै प्रचण्डले ऊर्जा क्षेत्रमा स्थिरता र महत्वपूण परियोजनाको नेतृत्वमा राजनीतिक भिजन निर्णायक भएको बताए। उनले माओवादी नेतृत्वमा गणतन्त्र, राष्ट्रिय गौरवका आयोजना, शिक्षा र निजामती सेवा विधेयक अघि बढेको पनि स्मरण गरे।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID